स्वतन्त्र न्यायपालिका माथिको प्रहार : नेम्वाङ

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रकरण

काठमाडौं — पूर्व संविधान सभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग स्वतन्त्र न्याय पालिकामाथिको प्रहार बताएका छन् । उनले संवाददाताहरुसंग भने, ‘म यस घट्नाप्रति स्तव्ध छु, दुखी छु ।’

स्वतन्त्र न्यायपालिका माथिको प्रहार : नेम्वाङ

नेम्वाङको प्रतिक्रिया:
– स्वतन्त्र न्यायपालिका माथिको प्रहार छ ।
– भ्रष्टाचारको विरुद्धमा सहासिक काम गरेका प्रधानन्यायाधीशबिरुद्धको महाअभियोगले धेरै शंका उब्जाएको छ ।
– सहासपूर्वक जे जस्ता काम कारवाही सम्पन्न गरे, त्यसमाथिको प्रहार छ ।
– अधिनायवादी निरंकुतातर्फ अग्रसर त भएको होइन भन्ने प्रश्न उब्जिएको छ ।
– महाअभियोगको व्यवस्था गर्दा बुद्धि र विवेकको प्रयोग हुनेछ भन्ने अपेक्षा गरिएको थियो ।

प्रकाशित : वैशाख १७, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?