कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली भन्छन्, ‘लोकमानलाई जोगाउन सुशीलालाई हटाउने तयारी थियो’ [भिडियोसहित]

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीलाई जोगाउन नै प्रधानन्यायाधीश सुशीला कार्कीलाई हटाउने योजना रहेको बताएका छन् । लोकमान पक्षका कानुन व्यवसायीले त्यतिबेला नै शक्तिकेन्द्रहरु धाएको ओलीको भनाइ छ । ‘त्यतिबेला लोकमानका वकिलहरु कति शक्तिकेन्द्र धाएकै हुन्,’ उनले भने ।

ओली भन्छन्, ‘लोकमानलाई जोगाउन सुशीलालाई हटाउने तयारी थियो’ [भिडियोसहित]


एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीलाई जोगाउन नै प्रधानन्यायाधीश सुशीला कार्कीलाई हटाउने योजना रहेको बताएका छन् । लोकमान पक्षका कानुन व्यवसायीले त्यतिबेला नै शक्तिकेन्द्रहरु धाएको ओलीको भनाइ छ । ‘त्यतिबेला लोकमानका वकिलहरु कति शक्तिकेन्द्र धाएकै हुन्,’ पार्टी घोषणापत्र सार्वजनिक गर्दै सोमबार उनले भने ।

ओलीले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग अदालतमा रहेका मुद्दाहरु प्रभावित पार्न र बदनाम गर्ने नियतले ल्याएको बताए । ‘पास हुँदैन, सम्भावना पनि छैन, पास गर्न ल्याएको होइन, संवैधानिक अंगका प्रमुखमाथि बदनाम गर्न हल्काफुल्का ढंगले ल्याइएको छ,’ पहिलो महिला न्यायाधीशले साहसिक ढंगले काम गरिरहेको उल्लेख गर्दै उनले भने ।

ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग तत्काल फिर्ता लिन सत्तारुढ दललाई आग्रह गरे । ‘भोलि नै महाअभियोग प्रस्ताव फिर्ता लिइयोस्,’ उनले भने, ‘हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन, बदनियतपूर्ण तरिकाले सरकार चल्न मिल्दैन ।’

सरकारले कार्यपालिका मातहतमा न्यायपालिका ल्याउने नियतकासाथ कार्कीविरुद्ध महाअभियोग लगाएको उनको भनाइ छ । न्यायालयको फैसलाप्रति कुनै एक पक्षलाई चित्त नबुझ्नु स्वभाविक भएको बताउँदै ओलीले एमाले स्वतन्त्र न्यायपालिकाको सिद्धान्तप्रति अडिग रहेको जनाए ।

प्रहरी महानिरीक्षक बढुवा, सर्वस्वसहित थुनामा राख्न फैसला गरिएका व्यक्तिको पक्राउ, भ्रष्टाचार मुद्धालगायतका विषयमा सरकारले आफ्ना कमजोरी लुकाउन महाअभियोग ल्याएको ओलीको आरोप छ । नवराज सिलवालले कीर्ते गरेको भनेर फरेन्सिक ल्याबको रिपोर्ट सार्वजनिक गरेकोमा असहमति राख्दै ओलीले भोलिको मुद्धा प्रभावित गर्न रातारात प्रधानन्यायाधीश हटाएको बताए ।

कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले रातारात पदबहाली गरेकोप्रति पनि ओलीको आपत्ति थियो । भोलिको मुद्दामा न्यायालयले लिने फैसलालाई आम जनताले गहिरो गरी हेरेको उनले बताए ।

ओलीले सरकार हटाउने खेलमा एमाले नलाग्ने स्पष्ट पारे । ‘बिचराहरुको जिन्दगी हेर्नु न,’ कांग्रेस, माओवादीको सत्ता राजनीतितिर लक्षित गर्दै उनले भने, ‘एउटालाई सरकार छाड्नुपर्ने, अर्कालाई नहोइएला कि भन्ने पिर ।’

एक महिना लगाएर दुई चरणको चुनाव दुनियाँमा काँही पनि नभएको उल्लेख गर्दै उनले बजेटअघि नै चुनाव गरिसक्नुपर्ने बताए ।

प्रकाशित : वैशाख १८, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?