विमान चलेपछि भोजपुरबासी खुशी

विद्या राई

भोजपुर — भोजपुरको एक मात्र टक्सार विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी खुशी बनेका छन् । बन्द गरिएको छ महिनापछि शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भरेको थियो ।

विमान चलेपछि भोजपुरबासी खुशी

गएको मंसिर २३ देखि धावनमार्ग स्तरोन्नती तथा कालोपत्रेका लागि विमानसेवा बन्द गरिएको थियो । ०७१ असार देखि सुरु कालोपत्रे सम्पन्न भएपछि आइतबारदेखि नियमित उडान भर्ने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले बताए ।

लामो समयदेखि विमानस्थल बन्द हुँदा गम्भिर प्रकृतिका विरामी, गर्भवती, महिला, बालबालिका, असहाय तथा वृद्धवृद्धालाई सास्ती भएको थियो । अबदेखि विमानस्थलमा नेपाल वायु सेवा निगम र तारा एयरले नियमित उडान भर्दैछन् । यसले विरामी तथा सर्वसाधारणलाई विराटनगर र काठमाडौ आवतजावतमा राहत पुग्नेछ ।

निगमले भोजपुर –काठमाडौं र भोजपुर–विराटनगर उडान भर्छ भने ताराले भोजपुर काठमाडौं उडान भर्नेछ । बि.सं. ०३२ सालमा निर्माण सुरु भएर ०३६ सालबाट भोजपुरमा एकतर्फी र मौसमी हवाई उडान सञ्चालनमा आएको थियो । झण्डै चार दशक पछि कालोपत्रे गरिएको छ । ५ करोड २१ लाखको लागतमा कालिका प्यासिफिक जेभीले कालोपत्रे ठेक्का लिएको थियो । धावनमार्ग ५ सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाई छ ।

प्रकाशित : वैशाख २४, २०७४ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?