कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

कतारमा निर्माण सामग्री अभाव हुँदैन : कतार चेम्बर

इरानबाट ५ वटा जहाजमा खाद्यान्न आपूर्ति
होम कार्की

काठमाडौं — कतारी व्यापारी समुदायले कतारमा निर्माण सामाग्रीको अभाव नहुने दाबी गरेको छ । कतार चेम्बर अफ कमर्सले सबै प्रकारको निर्माण सामग्री अभाव हुन नदिन सबै विकल्पमा काम थालिसकिएको जनाएको छ ।

कतारमा निर्माण सामग्री अभाव हुँदैन : कतार चेम्बर

‘निर्माण सामग्री निरन्तर रुपमा आइरहेमा कतारको विकास गतिविधिमा बाधा पुग्दैन । निर्माण कार्य जारी रहेमा नेपालीको रोजगारमा पनि असर पर्न जाँदैन,’ कतारका लागि पूर्व राजदूत सुर्यनाथ मिश्रले कान्तिपुरलाई भने,‘नेपालीको रोजगारी निर्माण सामग्रीको आपुर्तिमा जोडिएको छ ।’ 

कतारले युएईको सामुद्री बन्दरगाहालाई प्रयोग गरेर निर्माण सामाग्री ल्याउने गथ्र्यो । साउदी नेतृत्वमा युएई, बहराइनलगायत देशले कतारमाथि नाकाबन्दी लगाएपछि कतारी व्यापारी समुहले निर्माण सामाग्री आपुर्तिमा कुनै बाधा नपर्ने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ । ‘व्यापारी समूहलाई सामान आपुर्ति गर्न जे आवश्यकता पर्छ । त्यो सबै पुरा गर्ने विश्वास दिलाउछौं,’ चेम्वर अफ कर्मसद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘सामान आपुर्ति गर्दा जुन कम्पनीलाई जे समस्या पर्छ । त्यो ब्यबधान तुरुन्तै हटाइनेछ ।’ 

आपुर्ति गर्ने कम्पनीका व्यवधानहरु हटाउन कमर्सले समन्वय समिति बनाएको छ ।  कतारले विश्वकपसहित रेल, ठुला हाइवे सडक र ठूला शहर बनाउने बृहत आयोजनाहरू निर्माणाधीन छन् । यी कामका लागि प्रत्यक्ष र अप्रत्यक्षमा रूपमा चार लाख नेपाली कामदार कार्यरत छन् ।
 
कमर्सले आवश्यक परेको खण्डमा निर्माण सामग्री ल्याउनको लागि कतार एयरवेजसम्म प्रयोग गर्ने तयारी गरेको छ । निर्माण सामग्री आयातकर्ता कम्पनीले युएईको बन्दरगाहावाट ल्याउने गरेका थिए । ‘सबै कम्पनीले युएई बन्दरगाह प्रयोग गर्ने गरेका छैनन्,’ चीनबाट सामान आपुर्ति गर्ने एक कम्पनीका  दिपक भेटवालले कान्तिपुरलाई भने,‘हामीले पहिला पनि सिधै सामान ल्याउने गरिरहेका छौं । आपुर्तिकर्ता कम्पनीहरुले आफ्नै पहुँच विस्तार गरेर ल्याउन सक्छन् ।’

कतारमा रहेका नेपालीले पनि सामान आपुर्ति हुने/नहुनेमा चिन्तित देखिएका छन् । ‘खाना कुनै हालतमा अभाव हुदैन । निर्माण सामग्री पनि आइदिए कतारको विकास गतिमा असर देखिन्न,’ कम्पनी चलाउँदै आएका सागर नेपालले भने,‘कतारको सरोकार निकायको तदरुकता हेर्दा यसको अभाव हुदैन जस्तो देखिन्छ ।’ 

आपुर्तिकर्ताहरुमाथि धेरै कम्पनीहरु निर्भर छन् । झन्डै ३ सय नेपाली कार्यरत ‘प्रिकाष्ट’ बनाउने  कम्पनीका म्यानेजर सञ्जिव रानाभाटले भने, ‘हामीले सामान उत्पादन गर्ने कच्चा पर्दाथ कतारबाटै आपुर्ति गर्छौ । अव उसले कच्चा पदार्थ दिन्छौ भनेर विश्वास दिलाएको छ ।’

कतारले इरानबाट खाद्यान्य सामग्री ल्याउन थालेको छ  । आइतवार ९० टन तरकारी र फलफुल बोकेका ५ वटा जहाजले सामान ल्याएका छन् । ‘एउटा जहाजले ९० टन बोकेको छ । त्यस्तो जहाज थप पठाउने तयारी भएको छ,’ इरानी सरकारी समाचार एजेन्सीले भनेको छ,‘कतारबाट सबभन्दा नजिकै रहेको डेयार वन्दरगाहाबाट  थप ३ सय ५० टन सामान इरानी पानी जहाजवाट आउँदैछ ।’

बाग्लुङका मदन श्रीषले खाद्यान्न र निर्माण सामग्री आइरहेको खबरबाट आफुहरुमा चिन्ता विस्तारै हटदै गइरहेको वताए । ‘कामदार बस्तीसँग जोडिएको पसलमा सामान निरन्तर पाइयो र निर्माण सामग्रीको अभावमा काम नरोकियो हुन्थ्यो,’ उनले भने,‘हालसम्मको वातावरण सहज छ ।’ 

 

प्रकाशित : जेष्ठ २८, २०७४ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?