नेटवर्किङ व्यवसाय चलाउने १०२ एकै रातमा पक्राउ

१४ जनालाई म्याद थपका लागि लगिंदै
जनकराज सापकोटा

काठमाडौं — नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गैरकानूनी नेटवर्किङ व्यवसाय चलाउने एक सय २ जनालाई पक्राउ गरेको छ । आईतबार राति बानेश्वरबाट पक्राउ परेकाहरुमा २९ जना महिला छन् । ब्युरोले ती सबैसँग बयान जारी राखेको छ ।

नेटवर्किङ व्यवसाय चलाउने १०२ एकै रातमा पक्राउ

स्रोतका अनुसार पक्राउ परेकामध्ये १४ जनालाई अनुसन्धानका निम्ती म्याद थप्नका लागि काठमाडौं जिल्ला अदालत लगिंदै छ ।

रमेश मर्हजनलगायतका ब्यक्तिले सञ्चालन गरेको नेटवर्किङ व्यवसायमा प्रत्येकले जनही तीन लाख रुपैयाँसम्म लगानी गरेको देखिएको छ । युनिटी र हर्बोजस्तै पिरामिड आकारको सञ्जाल विस्तार गर्ने र व्यापार गर्ने उद्धेश्य यो समुहले राखेको देखिन्छ । सरकारले नेटवर्किङ व्यवसायलाई गैरकानूनी ठहर गरेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?