निर्वाचन ताेकिएकाे मिति मै गर्न तयार छाैं : गृहमन्त्री

जनकराज सापकोटा

काठमाडौं — गृहमन्त्री जर्नादन शर्माले सकेसम्म वार्ता र छलफलबाटै चुनावको वातावरण बनाउन जोड दिइने बताए । गृहमन्त्री शर्माले अहिलेको राजनीतिक असन्तुष्टीलाई दिर्घकालसम्म रहने अवस्था सिर्जना गर्न नहुने बताउँदै त्यसलाई वार्ताबाटै समाधान गर्नुपर्ने बताए ।

निर्वाचन ताेकिएकाे मिति मै गर्न तयार छाैं : गृहमन्त्री

गृहमन्त्री जर्नादन शर्माले सकेसम्म वार्ता र छलफलबाटै चुनावको वातावरण बनाउन जोड दिइने बताए । उनले अहिलेको राजनीतिक असन्तुष्टीलाई दिर्घकालसम्म रहने अवस्था सिर्जना गर्न नहुने बताउँदै त्यसलाई वार्ताबाटै समाधान गर्नुपर्ने बताए ।

शर्माले आसन्न स्थानिय तहको निर्वाचनमा केही मधेस केन्द्रित दल सहभागी भइरहेको बताउँदै अन्य दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए । उनले संसद र सरकार निर्माणमा भएका दलहरुलाई निर्वाचनमा संगै लैजानु सरकारको कर्तब्य बताउँदै भने, ‘हामी त्यही दिशामा छौं ।’

उनले तोकिएको निर्वाचन सम्पन्न गर्ने सरकारको दायित्व रहेको बताउँदै निर्वाचनमा हुने सुरक्षा चुनौति सामना गर्न गृह तयार भएको बताए । उनले भने, ‘त्यसलाई सामना गर्दै अघि बढ्ने सरकारको दायित्व हो । त्यसका निम्ति आवश्यक तयारी पनि गरिएको छ । शान्तिपूर्ण रुपमा भय रहित वातावरण चुनाव गर्न सुरक्षा योजना बनेको छ ।’

प्रकाशित : जेष्ठ ३१, २०७४ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?