कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पशुपतिमा त्रिशूल जात्रा

काठमाडौं — पशुपति क्षेत्रमा शनिबार त्रिशूल जात्रा मनाइएको छ । जात्रा प्रत्येक वर्ष भलभल अष्टमीका दिनमा मनाइन्छ । जात्रामा मल्लराजा नरेन्द्रदेवको पालाका ५ भोटो प्रदर्शन गरिएको छ । पुजारी रवि कर्माचार्यका अनुसार ५ भोटोमध्ये एउटा बिग्रिएर नयाँ फेरिएको छ ।

पशुपतिमा त्रिशूल जात्रा

सुरुमा वत्सलेश्वरी मन्दिर र वज्रघरबाट एक/एक बालकलाई कुमारका रूपमा त्रिशूलमा घोपेर बेग्लाबेग्लै खटमा राखी जय बागेश्वरी पुर्‍याइएको थियो । तान्त्रिक बन्धुदत्त आचाजुको छोराको शवयात्रा भनी मु: स्वाँ (एक प्रकारको फूल) को शव आकृति बनाएर नगर परिक्रमा गराइएको थियो । अन्त्यमा आर्यघाट पुर्‍याई जात्रा सम्पन्न गरिएको थियो । बन्धुदत्तको छोराको शवको प्रतीकलाई भने भष्मेश्वरी राजराजेश्वरीमा सेलाइएको थियो ।

अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डंगोलले त्रिशूलमा राखिने बालक कर्मकाण्ड र राजस्वला नभएकी बालिका चाहिने बताए ।

प्रकाशित : असार ४, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?