कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रम मन्त्रालयमा उद्धार कक्ष स्थापना

काठमाडौं — म मन्त्रालयमा वैदेशिक रोजगारमा ठगी नियन्त्रण तथा उद्धार गर्नका लागि सहायता कक्ष स्थापना भएको छ ।

श्रम मन्त्रालयमा उद्धार कक्ष स्थापना

श्र

श्रममन्त्री फरमुल्लाह मन्सुरका अनुसार सहायता कक्षमा आएका उजुरीलाई वैदेशिक रोजगार विभाग र नेपाली दूतावासमार्फत कार्यान्वयन गरिनेछ । ‘धेरै गुनासा आइरहेका छन् । त्यसलाई छिटो कार्यान्वयन गर्न मन्त्रीकै प्रत्यक्ष निगरानीमा काम अगाडि बढ्छ,’ सहयता कक्षको उद्घाटन गर्दै उनले भने, ‘हाम्रा जिम्मेवार निकायका संयन्त्रलाई सक्रिय वनाइनेछ।’

मन्त्री मन्सुरले विदेशस्थित नेपाली दूतावासबाटै पुन: श्रम स्वीकृति व्यवस्था मिलाएको उल्लेख गर्दै अब छिट्टै कार्यान्वयनमा आउने बताए । मन्त्रीले कानुनी समस्या परेका नेपालीलाई वकिल उपलब्ध गराउने बताए । ‘फौजदारी अभियोगमा जेल परेका नेपालीलाई न्याय दिलाउन सरकारकै खर्चमा वकिल राखिनेछ,’ उनले भने ।

उनले दुई वर्षअघि लागू भएको फ्रि भिसा, फ्रि टिकट (शून्य लागत) लागू हुन नसक्नुको जिम्मेवारी आफूले लिने बताए । ‘यसलाई लागू गराउन साधारण कुरा होइन,’ उनले भने, ‘पूर्णरूपमा लागू गर्न सरकार र म्यानपावर व्यवसायीहरू इमान्दार हुनुपर्छ ।’

फ्रि भिसा र फ्रि टिकट लागू भएको अवस्था हेर्न वैदेशिक रोजगार विभागले ७ सय म्यानपावरसँग विवरण मागेको थियो । विभागले शून्य लागतसम्बन्धी स्पष्ट विवरण नबुझाएको भन्दै दुईदेखि सात लाख रुपैयाँसम्म असुल गरेको व्यवसायीहरूले आरोप लगाएका छन् । श्रम मन्त्रालयले यो विषयमा छानबिन गरेको छैन ।

प्रकाशित : असार २१, २०७४ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?