कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बाढीले वगाउँदा चार यात्रुसहित जीप बेपत्ता

माधव अर्याल

पाल्पा — अविरल वर्षासंगै तिनाउखोलामा आएको बाढीले वगाएको चार यात्रु सहित जीप वगाएको छ । तानसेन नगरपालिका, ९ र माथागढी, ३ जोड्ने तिनाउ खोलाको कल्भर्टबाट सोमबार बिहान २ बजेतिर जीप बगाउँदा चार जना वेपत्ता भएका हुन् ।

बाढीले वगाउँदा चार यात्रुसहित जीप बेपत्ता



विवाहको भोजमा गएर फर्किदै गरेको लु १ ज १२१७ नम्बरको जीप बगाउँदा सोही जीपका चालक शक्ति श्रेष्ठकी श्रीमती तानसेन, १ की उषा श्रेष्ठ, बगनासकाली, ३ का पदमबहादुर कंवर मगर तथा तानसेनस्थित जिल्ला वनका चालक तिलबहादुर गाहा र कृषि विकास कार्यालयमा कार्यरत श्रीमती माया गाहा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरु बिहे भोजमा माथागढी, २ रुप्सेमा गएर फर्कने क्रममा बाढीमा खोलामा फसेका हुन् ।

प्रकाशित : असार २६, २०७४ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?