जिप भेटियो, मान्छे फेला परेनन्

माधव अर्याल

पाल्पा — जिल्लाको पूर्वी भेगस्थित अरुण खोलाले बगाएका एक बालकको १५ घण्टापछि उद्धार गरिएको छ । बाढीले बगाएर खोलाको बीच भागमा अलपत्र परेका उनको मंगलबार जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडाका १० वर्षीय रजिन सुनारीलाई खोलाले बगाएको थियो । सोमबार दिउँसो पौडी खेल्न गएका सुनारीलाई एक्कासि पानीको वहाव बढेपछि खोलाले बगाएको स्थानीयले बताए । बगाएर २ सय मिटर पर लगेपछि उनी खोलाको बीच भागमा रहेको ढुंगाको सानो थुप्रोमा अडिएकाले उद्धार गर्न सहज भएको प्रहरीले जनाएको छ । जिप भेटियो, मान्छे फेला परेनन् तिनाउ खोलाको बाढीले चार यात्रुसहित बगाएको जिप सोमबार फेला परेको छ । यात्रु भने भेटिएका छैनन् । तानसेन–९ र माथागढी–३ जोड्ने कल्भर्टबाट आइतबार राति बगाएको लु१ज १२१७ नम्बरको जिप घटनास्थलबाट करिब १५ मिटर पर हिलोमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिपसँगै हराएका चार यात्रु भने अझै बेपत्ता छन् ।

प्रकाशित : असार २७, २०७४ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

चुडामणि शर्माकी पत्नीद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

कान्तिपुर संवाददाता

काठमाडौं — कर निर्धारणमा अनियमितता गरेको आरोपमा एक महिनादेखि अख्तियारको हिरासतमा रहेका निलम्बित सहसचिव चुडामणि शर्मालाई थुनामुक्त गर्न माग राखी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । शर्माकी पत्नी कल्पना उप्रेती शर्माले आफ्ना पतिलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गरेकी हुन् ।



निवेदकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अख्तियारका अनुसन्धान अधिकृतलाई विपक्षी बनाएकी छन् । कर फस्र्यौट आयोगका कामकारबाहीमाथि प्रश्न उठाउन नपाइने भन्दै निवेदनमा उनको थुना गैरकानूनी भएको जिकिर गरिएको छ ।

अख्तियारले करिब डेढसय फाइलमाथि अनुसन्धान गरेर करिब ९ अर्ब ६ करोड रुपैयाँ बिगो निर्धारण हुनसक्ने आंकलनका साथ शर्मामाथि ३ अर्ब २ करोड रुपैयाँ धरौटी माग गरेको थियो ।

विशेष अदालतले शर्मामाथिको धरौटी मागलाई सदर गरी त्यो नबुझाउञ्जेल शर्मालाई थुनामा राख्न अख्तियारलाई अनुमति दिएको थियो । अख्तियारले शर्मासहित कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि समेत छानबिन थालेपनि दुवैजना फरार रहेका छन् ।

प्रकाशित : असार २७, २०७४ २०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्