किन अघि बढ्दैन संविधान स‌ंशोधन?

कान्तिपुर संवाददाता

काठमाडौं — सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय जनता पार्टीका नेताहरुसंग एक साताभित्र संविधान संशोधन प्रकृया अघि बढाउने समझदारी गरेको थियो । तर, मंगलबार सत्तारुढ दलहरु फेरी पछि हटे । किन सत्तारुढ दलहरुले सरकार निर्माणको बेला राजपाको सहयोग लिने, संविधान संशोधनको प्रतिवद्धता जनाउने, समझदरी गर्ने तर पछि हट्ने गरिरहेका छन् भन्ने सम्बन्धमा कान्तिपुरका राजनीतिक संवाददाता कुलचन्द्र न्यौपानेको टिप्पणी ।

प्रकाशित : असार २८, २०७४ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्

रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

काठमाडौं — जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले सो हत्याकाण्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार ध्रुवकुमार उप्रेतीले जानकारी दिए ।

२०५९ साल असार ३१ गते काठमाडौँको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो ।

श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो । अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन् ।

प्रकाशित : असार २८, २०७४ १९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्