कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरातकालदेखि नै चल्दै आएको मेला

प्रशान्त माली

ललितपुर — हिन्दु धर्मावलम्बीहरुले सोमबार जनैपूर्णिका दिन कुम्भेश्वरको मन्दिरमा पुजाअर्चना गरेर मनाएका छन् । यसपाली जनैपूर्णिमामा चन्द्रग्रहण परेकाले १३ गते शुक्रबार नागपञ्चमीका दिन नै रक्षाबन्धन गरिएको थियो ।

किरातकालदेखि नै चल्दै आएको मेला

जनैपूर्णिका दिन पाटनको बंगलामुखीमा भव्य मेला लागेको छ । मेलाको लागि आइतबार नै कुम्भेश्वर मन्दिरबाट पञ्चमुखी महादेवको मूर्तिलाई मन्दिर परिसरको पोखरीमा बनाइएको  कलात्मक खटमा राखिएको थियो ।

कुम्भेश्वरमा गोसाइकुण्ड (शिवलुती), मणिचूड दहबाट पानी आइराखेको जनविश्वास छ । प्राचिनकालमा कुम्भ ऋषीले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थस्थलमा गोसाइकुण्ड जान नसकेकाहरूले स्नान गरेर महादेवको पूजा अर्चना गर्दछन् ।

प्रकाशित : श्रावण २३, २०७४ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?