पाटनमा नरसिंह जात्रा

कान्तिपुर संवाददाता

काठमाडौं — पाटनमा नरसिंह जात्रा मनाइएको छ । जात्राका लागि राजोपाध्याय गुरुहरूले शुक्रबार चुतर्थी पूजा गरेका थिए । गुरुपूर्णिमामा पाटन दरबार स्क्वयारस्थित सुन्दरी चोक पुगी मल्ल राजालाई जात्राको निमन्त्रणा चढाएका थिए ।

पाटनमा नरसिंह जात्रा

जनैपूर्णिमामा गर्नुपर्ने उपाकर्म यसपालि चन्द्रग्रहण गरेकाले नागपञ्चमीमा गरिएको नरसिंह जात्रा समारोह समितिले जनाएको छ । शनिबार विष्णु भगवानको दस अवतारमध्ये चौथो शान्त स्वभावको खुट्टामा अल: (एक प्रकारको रङ) कम्मरमा जबी, लच्कन भएको कपडा, ताय: माला, मुकुट लगाएको नरसिंहको भेषमा एक पुरुषलाई नगर परिक्रमा गराइयो । 

यात्रामा नरसिंहको कम्मरमा मधु र कैटभ दैत्यको प्रतीकका रूपमा दुई पुतली बाध्ने गरिन्छ । नरसिंह जात्रा समारोह समितिका संयोजक माधवश्याम शर्माले नरसिंहको कम्मरमा बाँधिएको पुतली दैत्य हिरण्यकशिपु र हिरण्याक्षको प्रतीकका रूपमा लिइने बताए । 

प्रकाशित : श्रावण २९, २०७४ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?