कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तेह्रथमुम र संखुवासभावासीको पूर्वी तराईसँग सडक सम्पर्क विच्छेद

चन्द्र कार्की

तेह्रथुम — निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीका कारण तेह्रथुमको वसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ र संखुवासभाको सदरमुकाम खाँदबारी जोड्ने सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

तेह्रथमुम र संखुवासभावासीको पूर्वी तराईसँग सडक सम्पर्क विच्छेद

हिलो सडकमा सवारी गुड्न नसक्दा कृषि उपज र खाद्यान्न ढुवानीमा जिल्लावासीले सास्ती व्यहोर्दै आएका छन् । निर्माण व्यवसायीले कमसल निर्माण सामग्री प्रयोग गर्ने, समयमा काम सम्पन्न नगर्ने, ठेक्का सम्झौता भएको महिनौंसम्म सडक निर्माणस्थलमा देखा नपर्ने, पेश्की रकम लिएर सम्पर्कविहीन हुनेजस्ता गतिविधि गर्दा समेत सडक डिभिजन कार्यालयले रेखदेख नगरेको स्थानीयको गुनासो छ ।

सवारी सञ्चालन हुनै नसक्ने गरी सडक बिग्रिएको लालीगुराँस नगरपालिका वसन्तपुरका व्यापारी उददय पौडेलले आरोप लगाए । भर्खरै मर्मत र कालोपत्रे सम्पन्न भएको यो सडकको विभिन्न खण्डमा हिलो उठेर सवारी फस्दा तेह्रथुम र संखुवासभावासीका लागि यो सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको यातायात व्यवसायी तायाहाङ राईले बताए ।

२६ किलोमिटर लामो यो सडक मर्मत संभारमा यो वर्ष मात्र ७ करोड रुपैयाँ बढी खर्च भएको छ । सडक डिभिजन कार्यालयले भने निर्माण कम्पन्नीको बचाउ गर्दै सडक मर्मत संभारको डिजाइन नै परिर्वन गरी नयाँ ढंगबाट सडक मर्मत संभार गर्नुपर्ने अवस्था आएको जनाएको छ । ‘भत्किएको सडकको नयाँ स्टिमेट र सर्भे गरी काम सुरु गर्छौ’ सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले भने ।

मर्मत संभारको नाममा वर्षेनी करोडौं रुपैयाँ खर्च हुने यो सडकमा वर्षायाम सुरु हुन साथ हिलो उठेर सवारी ओहोरदोहोरमा समस्या भएपछि तेह्रथुम र संखुवासभावासीको पूर्वी तराईसँगको सडक सम्पर्कविच्छेद भएको छ ।

हिलो सडकमा सवारी गुड्न नसक्दा जिल्लामा उत्पादन भएको हरियो तरकारी र दूध जिल्ला बाहिर निर्यात गर्न र पूर्वी तराईबाट खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी ठप्प भएको छ ।

प्रकाशित : भाद्र १८, २०७४ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?