कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

फोरम नेपालकी नेतृ रेणुलाई आफ्नै कार्यकर्ताले घरमा थुने

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई उनकै घरमा कार्यकर्ताले थुनेका हुन् ।

फोरम नेपालकी नेतृ रेणुलाई आफ्नै कार्यकर्ताले घरमा थुने

यादवको घर अगाडि बिहानैदेखि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही समयअघि घरमा ढुंगामुढा समेत गरेका थिए । बिहान कार्यकर्ताले यादवको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् । सडकमा टायरबालेर प्रदर्शन गरिरहेका छन् । यो समाचार तयारपार्दासम्म पनि यादव घरभित्रै छिन् ।

यादवको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ ।  

विरोधको कारण यो थियो

सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिदलाउन चाहन्थिन् । तर पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्ध प्रसाद यादवका छोरा आतेशकुमार सिंह यादव पनि सो पदका आकंक्षी थिए ।  

यस नगरपालिकामा कसलाई मेयर पदको उम्मेदवारको टिकट दिने भनेर पार्टी भित्र लामो समयदेखि विवाद चलिरहेको थियो । केहीदिन अघि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई उम्मेदवारको नामावलीको विवाद टुंग्याउन आएका थिए । तर उनीहरुले पनि सकेनन् । पार्टी निकट स्रोतका अनुसार गएराति आतेशकुमार सिंह यादवले मेयरको टिकट पाएका छन् । 

आफ्नो छोरानले टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमुखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनी विरुद्ध कार्यकर्ता विरोधमा उत्रिएका हुन् । चित्रंगनलाई दिन नहुने कार्यकर्ताले माग राखेा छन् ।

प्रकाशित : भाद्र १९, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?