कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लोडसेडिङ फर्काउन खोज्नेलाई कारबाही : उर्जामन्त्री शाही

टीकाराम तामाङ

काठमाडौं — उर्जामन्त्री महेन्द्रबहादुर शाहीले देशमा लोडसेडिङ फर्काउन भूमिका खेल्ने कर्मचारीहरुलाई छानीछानी कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा हटलाइन नम्बर र मोबाइल एप्स सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् ।

लोडसेडिङ फर्काउन खोज्नेलाई कारबाही : उर्जामन्त्री शाही

लोडसेडिङ गराउन भूमिका खेल्ने कर्मचारीहरुको नाम सार्वजनिक गर्ने र आवश्यकताअनुसार कारबाही गरिने उनको भनाइ छ । उर्जामन्त्री शाहीले देशलाई तत्काल विद्युत्मा आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनको दीर्घकालीन योजना बनाउन मन्त्रालय बनाउन लागिपरेको बताए । उनले आफू र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङबीच कुनै विवाद नभएको दाबी पनि गरे । 

प्रकाशित : भाद्र २०, २०७४ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?