कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हत्यारा पत्ता लगाउन माग गर्दै दिनहुँ जुलुस

विद्या राई

भोजपुर — पुर्वी अरुण गाउँपालिकास्थित प्याउलीमा छिमेकी दुई घरका तीन बालबालिकाको शंकास्पद हत्या भएको अढाई महिना वितेको छ । अनुसन्धान कहिले टुगो लाग्छ, न्यायिक निकायले अझै भन्न सकेका छैनन् ।

हत्यारा पत्ता लगाउन माग गर्दै दिनहुँ जुलुस

 हृदयविदारक घटनाका पीडित परिवार, आफन्त र प्याउलीबासी सधै एउटै प्रश्न दोहोर्‍याइरहन्छन्, कति समय कुरौ, कसरी चित्त बुझाऔ ?

स्थानीय तह निर्वाचनताका असार १० गते शनिबार साँझ हराएका ति बालबालिका असार १२ गते सोमबार विहान साढे सात बजे मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा मृत फेला परेका थिए । 

निर्वाचनको सुरक्षार्थ प्याउलीको रेडक्रस भवनमा नेपाली सेना बसेको थियो । प्रत्यक्षदर्शीका अनुसार बालबालिका हराएका साँझ १४ बर्षीय रन्जिव सापकोटा र ८ बर्षीय प्रदीप फुयाल त्यस आसपास निस्किएका थिए । 
त्यसपछि उनीहरु हराएका थिए । १३ बर्षीय सुष्मा फुयाललाई सिरकको खोल लगाउदै घरैमा खाना पकाउन बाबुआमाले अह्राएका थिए । अचानक बेपत्ता भएका उनीहरुलाई दिनरात खोजविन गर्दा भेटाउन सकेका थिएनन् । 

अचानक तेस्रो दिन उनीहरु पोखरीमा एकै ठाउँमा डुबेको अवस्थामा मृत फेला परे । सोहि दिन तीन वटै शव पोष्टमार्टमका लागि वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रत्यक्षदर्शीले तीनै जनाका मुखमा ५– ६ वटा/५–६ वटा पोको पारेर खादिएको चुइगंम फेला परेको बाहेक अन्य रिपोर्ट आएको छैन । 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले समेत घटनास्थल आएर अनुसन्धान गरी राजधानी फर्केको एक महिना बित्नै लागेको छ । घटनाबारे जानकारी अझै बाहिर ल्याउन भने सकेको छैन । पीडित परिवार घटना अनुसन्धान चाँडो र प्रभावकारी टुंगो लाग्नु पर्ने माग गर्दै आएका छन् ।

 

 

 

प्रकाशित : भाद्र २५, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?