कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तीनै दिदीभाई अन्तर्राष्ट्रिय खेलाडी

विद्या राई

काठमाडौं — भोजपुर सदरमुकामस्थित बुवा दानबहादुर र आमा मायादेवी तामाङको कोखबाट जन्मिएका सरादेवी तामाङ, नंसलदेवी तामाङ र रत्नजीत तामाङ व्याडमिन्टन खेल जगतका होनाहार हस्तीहरु हुन् ।

तीनै दिदीभाई अन्तर्राष्ट्रिय खेलाडी

जुनीयर लेभलबाट खेल्न सुरु गरेका उनीहरु पटक पटक राष्ट्रिय च्याम्पियन भैसकेका छन् । अन्तरार्ष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नुपर्दा उनीहरुकै नाम आउने गर्छ । एकैघरका तीन दिदीभाईले देश भित्र तथा बाहिर कमाएको ख्याती व्याडमिन्टन जगतका लागि सानदार जित भएको छ । 

हालै सम्पन्न बजाज पल्सर स्पोर्टस् अवार्डबाट नंसलदेवी बर्षकै उत्कृष्ट महिला खेलाडीका रुपमा सम्मानित भइन् । खेलप्रतिको लगातार लगाव र प्रतिफल त छदैछ, छोरीले पाएको सम्मानले यतिबेला तामाङ पसरवारमा खुसी छाएको छ । 

उनीहरुले इन्डोरमा खेल्नुपर्ने व्याडमिन्टन आउटडोरबाटै सिकेर अन्तराष्ट्रिय स्तरमा नाम चम्काउन सफल भएका छन् । ०३९ सालको दशकयता भोजपुर जिल्लामा व्याडमिन्टन खेलको सुरुवात भएपनि हालसम्म यसक्षेत्रमा दर्विलो पुर्वाधार तयार हुन सकेको छैन । सरकारको उदासिनताले गर्दा पछि परेको उनीहरुका वुवा गुनासो गर्छन् । उनी पनि राष्ट्रिय स्तरसम्म पुगेका व्याडमिन्टनका भुतपुर्व खेलाडी हुन् । 

प्रकाशित : भाद्र ३०, २०७४ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?