भोजपुरमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता

विद्या राई

भोजपुर — कांग्रेस र संघिय समाजवादी फोरम गठबन्धनले प्रतिनिधिसभाका लागि कांग्रेसका उमेशजंग रायमाझीको नाम दर्ता गरेका छन् । प्रदेशसभाका लागि क्षेत्र नं. १ बाट संघियका अजम्बर राई काङमाङ र क्षेत्र नं. २ बाट गोविन्द कार्कीको नाम दर्ता गरेका छन् ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भोजपुरमा आज बिहान १० बजेदेखि नै शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।

बाम गठबन्धनतर्फ एमाले र माओवादी केन्द्रले संयुक्तरुपमा दर्ता गरे । प्रतिनिधिसभाका लागी माओवादीका सुदन राई, प्रदेशसभाका लागि क्षेत्र नं. १ बाट राजेन्द्र राई र २ बाट शेरधन राईको नाम दर्ता गरेका छन् । प्रदेशसभाका दुवै उम्मेदवार एमालेका हुन् । यसैगरी स्वतन्त्रबाट प्रदेशसभा, क्षेत्र नं. १ का लागि खुसीराज गुरुङले मनोनयन दर्ता गरे ।

पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी ३२ जिल्ला मध्येको भोजपुरमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न भएको हो । प्रतिनिधिसभा सदस्यका लागि १ र प्रदेशसभा सदस्यका २ निर्वाचन क्षेत्र रहेको भोजपुरमा स्वन्त्रत सहित ९ वटा राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेको छ ।

प्रतिनिधि सभाका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, नेकपा माले, मंगोल अर्गनाइजेशन, नेकपा माओवादी क्रान्तिकारी लगायतका दलहरुले उम्मेदवारी दिएको छ । राजनीतिक दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि छुट्टाछुट्टै समय निर्धारण गरेपनि काठमाडौंदेखि उम्मेदवारहरु ढिला पुग्दा निर्धारित समयमा मनोनयन भएन । केन्द्रमा उम्मेदवारीको विषयमा ढिला गरी टुंगो लागेकोले मनोनयन दर्तामा ढिला हुने भएकाले कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारहरु हेलिकप्टर चार्टर गरेर आएका थिए ।

प्रकाशित : कार्तिक ५, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

यिनै हुन् नेपाली कांग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली कांग्रेसले केही क्षेत्रमा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी र नयाँ शक्तिसंग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ । कंग्रेसको संसदीय समितिले पहिलो चरण अन्तर्गतको ३२ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुङ्गो आइतवार बिहान मात्रै लगाएको थियो । त्यसै अनुसार जिल्लाहरुमा उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्ला र उम्मेदवार:
१. सोलुखुम्बु
बलबहादुर केसी
प्रकाशसिह कार्की (क)
आङगेलु शेर्पा (ख)
२. ताप्लेजुङ
केशवप्रसाद दाहाल
लिलादेवी बोखिम (क)
दिपेन्द्रकुमार सेन्दाङ (ख)
३. पाँचथर
भिष्मराज आङदम्वे
नरेन्द्रकुमार केरुङ (क)
सुरेन्द्रकुमार दाहाल (ख)
४. खोटाङ
सरस्वती वजिमय
सुभाषकुमार पोखरेल (क)
विष्णुकुमार राई (ख)
५. मनाङ
टेकबहादुर गुरुङ
चिन्तबहादुर घले (क)
कर्म गुरुङ (ख)
६. हुम्ला
मंगलबहादुर शाही
ठानबहादुर रोकाया (क)
जीवनबहादुर शाही (ख)
७. भोजपुर
उमेशजं रायमाझी
संघीय समावादी (क)
गोविन्दबहादुर कार्की (ख)
८. जाजरकोट
राजिव विक्रम शाह
वेदराज सिह (क)
दिपकजंग शाह (ख)
९. दोलखा
रुद्रबहादुर खड्का
बर्मा लामा (क)
केशवराज चौलागाई (ख)
१०. मुस्ताङ
रोमी गौचन थकाली
मिक्यु गुरुङ (क)
छिरिङ धावा गुरुङ (ख)
११. म्याग्दी
खमबहादुर गर्बुजा
नेत्रबहादुर महत (क)
क्या.अमलाल फगामी (ख)
१२. रोल्पा
अमरसिह पुन
शेखरबहादुर महरा (क)
खगेन्द्र प्रसाद हमाल (ख)
१३. रुकुम पश्चिम
गोपालजि जंग शाह
गंगाराम गौतम (क)
खड्कबहादुर डाँकी (ख)
१४. मुगु
हस्तबहादुर मल्ल
तिलकबहादुर मल्ल (ख)
१५. जुम्ला
देवेन्द्र बहादुर शाही
राजुसिह कठायत (क)
भिमनिधि हमाल (ख)
१६. कालिकोट
भुपेन्द्रजंग शाही
टेकराज शाही (क)
कालिबहादुर सहकारी (ख)
१७. दार्चुला
विक्रमसिह धामी
जगदिश पाल (ख)
मदन गिरी (क)
१८. डोल्पा
अंगदकुमार बुढा
बेगमसिह डकुरी (क)
सुरेशबहादुर शाही (ख)
१९. ओखलढुंगा
रामहरि खतिवडा
प्रदीपकुमार सुनुवार (क)
मित्रसेन दाहाल (ख)
२०. बझाङ
पृथ्वीबहादुर सिह
चन्द्रादेवी जोशी (क)
नरेश बहादुर सिह (ख)
२१. संखुवासभा
दिपक खड्का
टंक राई (क)
दिपक कुमार लिम्वु (ख)
२२. बैतडी
नरबहादुर चन्द
हरिमोहन भण्डारी (क)
२३. नुवाकोट
क्षेत्र नम्वर १ डा.रामशरण महत
महेन्द्र थिङ (क)
रमेशकुमार महत (ख)
क्षेत्र नम्वर २ अर्जुननरसिह केसी
जगदिशनरसिह केसी (क)
जगतबहादुर तामाङ (ख)
२४. रसुवा
मोहन आचार्य
प्रभात तामाङ (क)
२५. धादिङ
क्षेत्र नम्वर १
विश्वप्रसाद अर्याल
मधुकुमार श्रेष्ठ (क)
प्रभात सेवेदी (ख)
क्षेत्र नम्वर २
दिलमान पाख्रिन
रमेश धमला (क)
२६. सिन्धुपाल्चोक
क्षेत्र नम्वर १
मोहनबहादुर बस्नेत
विष्णुबहादुर खत्री (क)
राजेन्द्रकुमार श्रेष्ठ (ख)
क्षेत्र नम्वर २
पुशपतिशम्शेर राणा (राप्रपा)
विकास तामाङ (क)
तालमेल (ख)
२७.रामेछाप
पूर्णबहादुर तामाङ
रत्नबहादुर कार्की (क)
जीतबहादुर मगर (ख)
२८. बाग्लुङ
क्षेत्र नम्वर १
जम्पा खड्का
दिपेन्द्र थापा (क)
प्रकाश पौडेल (ख)
क्षेत्र नम्वर २
निरज पुन
मन्जेशबम मल्ल (क)
जीतबहादुर शेरचन (ख)
२९. लम्जुङ
दिलबहादुर घर्ती
गर्जबहादुर गुरुङ (क)
कृष्णप्रसाद कोइराला (ख)
३०. गोरखा
क्षेत्र नम्वर १
चिनकाजी श्रेष्ठ
धिनर थापा (क)
राजेन्द्र बजगाई (ख)
क्षेत्र नम्वर २
बाबुराम भट्टराई (नयाँ शक्ति)
नयाँ शक्ति (क)
प्रकाशचन्द्र दवाडी (ख)
३१. बाजुरा
कविराज पंडीत
जनकराज गिरी (क)
पदमबहादुर शाही (ख)
३२. रुकुम (पूर्वि क्षेत्र)
हरिशंकर घर्ती मगर
दुतकुमार पुन (क)
दत्तबहादुर बस्नेत (ख)

प्रकाशित : कार्तिक ५, २०७४ १८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT