कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

लुम्बिनीमा सरसफाई

मनोज पौडेल

कपिलवस्तु — बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएकोछ । लुम्बिनीस्थित सशस्त्र प्रहरी बेसको अगुवाईमा नेपाल प्रहरीसमेतको सहयोगमा ३ दिनसम्म सरसफाई गरि सुग्घर बनाइएको छ । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरीदेखि मायादेवी मन्दिर गेटसम्म सरसफाई गरी मनोरम र आकर्षक बनाइएकोछ ।

लुम्बिनीमा सरसफाई

लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर फोहर निकालेर सुन्दर बनाइएको छ । पोखरी मनोरम बनेको छ । एक किमी ४ सय मिटर केन्द्रिय नहर आसपासका फोहर बढारेर फालिएको छ । त्यस्तै, बेबी बुद्धको मुर्तिको सरसफाई गरी सुन्दर बनाइएकोछ ।

त्यहाँबाट मायादेवी पुग्ने ६ सय मिटर बाटोसम्मको फोहर, झारपात र प्लास्टिक संकलन गरी फालिएको छ । बाटोलाई पानी धोएर पखाली सफा गरिएको छ । नेपाल प्रहरीका १५ र सशस्त्रका ४६ जनाले सरसफाई गरेका हुन् । '३ दिनसम्म बिहान ६ बजेदेखि १० बजेसम्म सरसफाई गरेर सुन्दर बनाएका छौं', सशस्त्रका नायव उपरीक्षक दर्शन गिरीले भने, 'यो कामले पर्यटकले नाकमुख थुनेर हिड्नुपर्ने अवस्था अन्त्य भएकोछ ।' 

प्रकाशित : कार्तिक १२, २०७४ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?