घुम्न लायक टेम्के चुचुरो

विद्या राई

भोजपुर — यतिबेला घुमफिरका लागि गज्जबको मौसम छ । विशेषगरेर पहाडी तथा हिमाली क्षेत्रका डाँडाकाँडाहरुमा घुमघामका लागि उपयुक्त छ । बिहानको सुर्योदय, दिउँसोको घुमफिर र बेलुकीपखको सुर्यास्त हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु नेपालका पहाडी तथा हिमाली भेगमा प्रशस्तै भेटिन्छन् । विदेशीहरु थुप्रै आइरहेका छन् ।

भोजपुरको प्रसिद्ध टेम्केडाँडामा पनि यसबेला पर्यटकको घुमघाम बेढेको छ । पश्चिमी टेम्केमैयुङ गाउँपालिकामा पर्ने यो डाँडा पर्यटकीय रुपमा जति महत्व बोकेको छ । धार्मिक र सांस्कृतिक पक्ष पनि महत्वपूर्ण छ । मंसिर महिनाको बालाचतुदर्शीका बेला ठूलो मेला लाग्छ । स्वदेश तथा विदेशबाट थुप्रै मानिसहरु मेला भर्न आउँछन् । भाकलअनुसार सतबीज छर्न आउँछन् । यो बेलाको समयमा घुमफिर गर्न आउँछन् । अक्टोबर पहिलो हप्तादेखि नोभेम्बर अन्तिमसम्म यहााको लागि उपयुक्त मौसम हो । विहानको सुर्योदय र बेलुकीको सुर्यास्त पनि पष्ट देखिन्छ ।

यो डाँडा समुद्री सतहदेखि ३१ सय मिटर अग्लो उचाइमा छ । यहाँबाट मकालु, कञ्चनजंगा, सगरमाथा लगायत हिमशृङखलाहरु प्रष्ट देखिन्छन् । प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिन्छ । भोजपुरका थुप्रै पर्यटकीय स्थलमध्ये यो एकदमै विशेष र प्रसिद्धस्थल हो । त्यसैले एकपटक भएपनि घुम्न नछुटाऔं ।

प्रकाशित : कार्तिक १७, २०७४ १७:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेशसभाका उम्मेदवार बेहोस

टीकाप्रसाद भट्ट

रामेछाप — प्रदेशसभा रामेछाप ख निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामबहादुर तामाङ निर्वाचन अभियानको क्रममा बेहोस भएका छन् ।

शुक्रबार भएको चुनावी प्रचारप्रसारका लागि मन्थलीमा आइपुगेका ४३ वर्षिय तामाङ बेहोस भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लैजाने पारिवारका सदस्यले बताए ।

काठमाडौंमा केही दिनदेखि निर्वाचन सामाग्री जुटाउने धपेडीमा लागेका उनी बिहीबार अवेर मन्थली आइपुगेका थिए । फोरमका युवा नेता सोनाम लामाका अनुसार बिहानदेखि नै असजिलो महसुस गरेका उनलाई उपचारका लागि रामेछाप सामुदायिक अस्पतालमा पठाइएको थियो । अस्पतालमा पुग्ना साथ उनि बेहोस भएका हुन् । सुरुमा ज्वरो आउला जस्तो भएको बताएका तामाङको शरीरमा एलर्जी देखिएको थियो ।

प्रकाशित : कार्तिक १७, २०७४ १७:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT