१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

म्यादी प्रहरीको जोस

विद्या राई

भोजपुर — प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षार्थ खटाउन म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयले तालिम सुरु गरेको छ । सदरमुकाम स्थित स्थानीय टुडिखेलमा छनौटमा परेका ६ सय ६५ म्यादीलाई तालिम दिरहेका छन् ।

म्यादी प्रहरीको जोस

छनौटमा परेका म्यादी प्रहरी मध्ये पुरुष ४ सय ६४ र महिला २ सय १ जना रहेको इन्स्पेक्टर गीतनारायण चौधरीले बताए । उनीहरुलाई ८७ मतदान स्थल तथा १ सय ४८ मतदान केन्द्रमा खटाइनेछ । म्यादीका लागि १ हजार ७ सय ५६ ले आवेदन फारम भरेका थिए । रोजगारीको अवसर नपाइरहेका बेला म्यादी प्रहरीमा युवाहरुको उपस्थिति उल्लेख्य छ ।

प्रकाशित : कार्तिक २१, २०७४ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?