अध्यक्षात्मक प्रणाली झनै खतरानाक

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकका लागि अध्यक्षात्मक प्रणाली खतरानाक भएको बताएका छन् । आफ्नै निर्वाचन क्षेत्रमा कान्तिपुरसंग गरेका कुराकानीमा उनले संसदीय व्यवस्था नै समावेशी हुने समेत उल्लेख गरे ।

प्रकाशित : कार्तिक २६, २०७४ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा प्रवेश गरिन् समाजसेवी अनुराधा कोइराला

कान्तिपुर संवाददाता

काठमाडौं — समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमबीच ‘सिएनएन हिरो’बाट सम्मानित कोइरालालाई पार्टीमा स्वागत गरेका उनको सचिवालयले जनाएको छ ।

चेलीबेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट सम्भव हुने देखेर पार्टी प्रवेश गरेको बताइन् ।

फोर्ब्स पत्रिकामा अर्बपतिको सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी पनि केही साता कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित : कार्तिक २६, २०७४ १५:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्