मतदाता शिक्षा स्थानीय भाषामा

मकर श्रेष्ठ

काठमाडौं — मतदाता शिक्षा कर्मचारी दोस्रो चरणको निर्वाचन हुने जिल्लाको टोल टोलमा पुगेका छन् । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारीले स्थानीय भाषामा समेत मत हाल्ने र पट्याउने तरिका समेत सिकाउने गरेका छन् ।

मतदाता शिक्षा कर्मचारी दोस्रो चरणको निर्वाचन हुने जिल्लाको टोल टोलमा पुगेका छन् । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारीले स्थानीय भाषामा समेत मत हाल्ने र पट्याउने तरिका सिकाउने गरेका छन् । भक्तपुरको केही नेवार बस्तीमा नेवारी भाषामै मतदान गर्ने र मतपत्र पट्याउने तरिका सिकाइएको थियो । यो दृश्य भक्तपुरको लोकन्थलीको नेवारी बस्तीको हो ।

प्रकाशित : मंसिर १३, २०७४ १८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निष्पक्ष निर्वाचन नगराएको कांग्रेस डोल्पाको आरोप

कान्तिपुर संवाददाता

डोल्पा (दुनै) — नेपाली कांग्रेस डोल्पाले डोल्पाका विभिन्न मतदान केन्द्रमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नगराएको निर्वाचन आयोगलाई आरोप लगाएको छ ।

कांग्रेस डोल्पाले बुधबार पत्रकार भेटघाट गरी निर्वाचन आयोग नेपाललाई यस्तो आरोप लगाएको हो । माथिल्लो डोल्पाका सबै गाउँपालिकाहरुमा रहेका मतदान केन्द्रमा वाम गठबन्धनले आफ्ना एजेण्टहरु बस्न नदिएको, विभिन्न मतदान केन्द्रमा निष्पक्ष मतदान नगराएको पत्रकार सम्मेलनमा कांग्रेस डोल्पाका सभापति अंगदकुमार बुढाले आरोप लगाए । उनले माथिल्लो डोल्पाका २२ मतदान केन्द्र, काइके गाउँपालिकाका ७ वटा मतदान केन्द्र र त्रिपुरासुन्दरी नगरपालिकाका २ वटा मतदान केन्द्र गरी ३१ वटा केन्द्रमा निष्पक्ष निर्वाचन नगराएकाले पुन: मतदान गराउन माग समेत गरेको बताए ।

उसले पत्रकार सम्मेलन गरेर निर्वाचन निष्पक्ष नगराएको आरोप लगाएपछि मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीसँग सो सम्बन्धमा बुझ्दा नेपाली कांग्रेस डोल्पाले पत्र दिएको र पत्र निर्वाचन आयोग नेपालमा पठाइएको बताउँदै निर्वाचन आयोगले निर्णय गर्ने बताए ।

प्रकाशित : मंसिर १३, २०७४ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT