साकेला धुमधाम

विद्या राई

भोजपुर — पूर्वी पहाडी जिल्ला भोजपुरमा उधौली साकेला पर्व धुमधामका साथ मनाइएको छ । किरात राई तथा गैरकिरातहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाच्दै, किराती जीवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै सदरमुकामको स्थानीय टुँडिखेलमा धुमधामका साथ साकेला मनाएका हुन् ।

साकेला धुमधाम

यस समुदायले आफ्नो संस्कारलाई जीवन्त राख्न उधौलीको दिन अन्नभकारीमा पूजा गरेर आफ्नो चुलोमा कुखुरा काटेर बली दिने र ढोल झ्याम्टा तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको स्वभावको अनुकरण गर्दै सिली गर्ने (नाच्ने) गर्छन् । उनीहरुले आफ्ना पितृको सम्झनामा भाकल गरेर साकेन्वा थान, घरको चुलो र अन्न भकारीमा पूजा गर्दछन् । धानधान्यकी देवी प्रकृतिलाई धन्यवाद दिँदै चुलो र अन्न भकारी वरिपरि साकेन्वा गाउने र नाच्ने चलन पनि रहँदै आएको छ ।

सांस्कृतिक हिसाबले प्रत्येक वैशाख र मंसिर पूर्णिमाको अवसरमा १५ दिनदेखि १ महिनासम्म उधौली साकेन्वा मनाउने गरिन्छ । यो पर्व पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गाका किरात राईहरुले धुमधाम साथ मनाउने गरेका छन् । पछिल्लो समय गैरकिरातहरुले समेत साकेलामा नाच्दै रमाउन थालेका छन् ।

प्रकाशित : मंसिर १७, २०७४ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?