२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मतगणनाका लागि तारबार

घेरा बाहिर दलका प्रतिनिधि

काठमाडौं — स्थानीय निर्वाचनको मतगणनाकाट पाठ सिकेर काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ। भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

मतगणनाका लागि तारबार

स्थानीय निर्वाचनको मतगणनाकाट पाठ सिकेर काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ । भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

काठमाडौंको मतगणना शुक्रबारदेखि मात्रै हुने भएको छ । बिहीबार मतदान सकिएपछि मतपेटिका संकलन भएपनि मतगणना शुक्रबार बिहानमात्रै गर्न लागेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताए । शुक्रबार बिहान ६ देखि ८ बजेसम्म सर्वपक्षयीय बैठक राखिएको पोखरेलले बताए । मतगणना स्थलमा कर्मचारी बाहेक अरुलाई प्रवेश नदिइने भएको छ । मतगणना स्थलमा ग्याबिन बनाउन प्रयोग गरिने तारको जाली लगाइएको छ । तारको जालीबाट टाउको छिराउन सक्ने भएकाले नरको डोरीले थप मजबुत बनाइरहेका छन् । यसबाहेक एउटा मतगणना स्थलमा कम्तीमा दुई वटा सीसी क्यामेरा राखिएको छ । निर्वाचन आयोगले एउटा मतगणना स्थल बनाउन ४० हजार रुपैयाँ खर्च बिनियोजन गरेको छ । उक्त खर्चबाट तार, नरको डोरी, फलाम, ओछ्याउने म्याट, कार्पेट लगायतकोखर्च पुर्‍याउनु पर्ने हुन्छ ।

प्रकाशित : मंसिर २०, २०७४ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?