कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाने होइन टेम्केडाँडा ?

विद्या राई

काठमाडौँ — भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने टेम्केडाँडा र चखेवाभञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएका छन् । टेम्के समुद्री सतहदेखि २९९५ र चखेवाभञ्ज्याङ २३०८ मिटर उचाईमा पर्छन् ।

जाने होइन टेम्केडाँडा ?

चखेवाभञ्ज्याङ हुँदै गएको भोजपुर–खोटाङ जोड्ने मध्यपहाडी राजमार्ग पछिल्ला वर्षमा स्तरोन्नती हुन थालेपछि यातायातको सहज पहुँच विस्तारसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेका स्थानीयहरु बताउँछन् । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको टेम्के पर्यटनका लागि प्रचूर सम्भावना बोकेर पनि ओझेलमा थियो । सडकको पहुच र प्रचारप्रसारले गर्दा पर्यटकको आकर्षण बढेको छ । यहाँबाट बिहानीको सूर्योदय, बेलुकीको सूर्यास्त, भारत तथा चीनका भूभाग, डाँडाकाँडाहरु हेर्न सकिन्छ ।


प्रकाशित : पुस २५, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?