कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वबाट लोपोन्मुख चरा परासीमा भेटियो

नवीन पौडेल

परासी — अघिल्लो वर्ष भन्दा यसवर्ष नवलपरासीको नारायणी नदी र सिमसार क्षेत्रमा जलचर पक्षीको संख्या बढेको छ । आइतबार र सोमबार नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा गरिएको चरा गणनामा विश्वबाट नै लोप हुन लागेका दुई प्रजातिका लोपोन्मुख चरा देखिएको र अन्य चराको संख्या समेत उल्लेख्य बढेको पश्चिम सेक्टर चरा गणनाका संयोजक पक्षीविद् डिबी चौधरीले जानकारी दिए ।

विश्वबाट लोपोन्मुख चरा परासीमा भेटियो
विश्वबाट नै लोप हुन लागेको गरुण प्रजातिको भुँडीफोर, लोभीपापी गरूड र हाँस प्रजातिको कैलो टाउके हाँस नारायणी नदी किनारमा देखापरेको हो । जाडो छल्न विभिन्न देशबाट यस क्षेत्रमा पक्षी आउने भएकाले हरेक जनवरीमा पक्षी गणना गर्ने गरिन्छ । यस वर्ष नारायणी आसपासमा ३९ प्रजातिका ४५ प्रकारका पक्षी देखापरेको छ । सरकार आफैंले आफ्नो देशमा रहेका पक्षीहरुको यथार्थ तथ्यांङक राख्न नसकिरहेको अवस्थामा सन १९८७ देखि निरन्तर टाइगर टप्सले चरा गणना गर्दै आइरहेको छ। गणनामा सबैभन्दा बढी चखेवा चरा भेटिएको थियो । अघिल्लो वर्ष नेपालमा नआएका सात प्रकारका विदेशी चरा समेत यसवर्ष जाडो छल्न नेपाल आएको छ । नवलपरासीको गैंडाकोट सिर्ख्रौलदेखि त्रिवेणीसम्म चरा गणना गरिएको हो ।

प्रकाशित : पुस २६, २०७४ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?