कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विरामीलाई बुझाउनै कठिन 

आनन्द गौतम

ताप्लेजुङ — मोतीबिन्दुको उपचार सम्भव भएपनि गाउघरका विरामीलाई उपचारको पहुँचमा पुर्‍याउन निकै कठिन हुने गरेको छ । सामान्य शल्यक्रिया गरे छ्याङग आँखा देख्न सकिने भएपनि भगवानले दिएको वरदानको चिरफार गर्नु हुँदैन भन्ने मान्यताले कठिनाई उत्पन्न हुने गरेको डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङका इञ्चार्ज काजी गुरुङ बताउँछन् ।

विरामीलाई बुझाउनै कठिन 

आठराइ त्रिबेणी गाउँपालिकाको फुलवारीमा गएर सम्झाएका दुई महिला उपचारको पहुँचमै नआएको गुरुङले बताए । मोतीविन्दुले आँखा देख्न नसक्ने भएर बसेका उनीहरुको समस्या घरमै पुगेर पत्ता लगाएर बताइ दिंदापनि उनीहरु उपचारका लागि जान चाहेनन् ।

गाउँका महिलाहरु उपचार गर्नुभन्दा यत्तिकै काल पर्खेर बस्छौं भन्नेहरु पनि भेटिन्छन । त्यसैले उनीहरु अहिले पनि तेत्तिकै घरमै छन् । यसरी थलिएर बसेका तर उपचार गराउन नचाहेरै दुख पाएकाहरुलाई भने परिवारसँगै राखेर जनचेतना जगाउनु आवश्यक देखिएको छ । यस्कालागि स्थानीय तहले बिशेष ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।


प्रकाशित : माघ ३, २०७४ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?