२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विकटको ट्रक 

विद्या राई

काठमाडौँ — भोजपुर सडक सञ्जालमा जोडिएको दशक वितेपनि कतिपय ग्रामीण भेगमा सडक पहुँच पुगेको छैन । यसैकारण दैनिक उपभोग्य सामाग्री ओसारपसारमा खच्चड र भरियाको सहायता लिनुपर्ने बाध्यता छ ।

विकटको ट्रक 

बिशेष गरेर उत्तरी भेगका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाबासीहरु खच्चडको प्रयोग गर्छन् । संखुवासभा जिल्लाको खादबारी, कात्तिकेपुल हुँदै षडानन्द नगरपालिका तथा साल्पासिलिछो गाउँपालिकामा सामान ओसारपसार हुन्छ ।


भौगोलिक विकटताका कारणले पनि सडक सञ्जाल नजोडिएका ति स्थानहरुमा अत्यावश्यक खाद्य सामाग्री, किराना पसलका सामान, रासायनिक मल, अलौंची, रुद्राक्षलगायतका सामानहरु ओसारपसारमा खच्चडको प्रयोग हुन्छ ।

सोलखुम्बु र भोजपुर जोड्ने साविकको दोभाने गाविस आसपासमा खच्चडको अधिक प्रयोग हुन्छ । छिमेकी जिल्ला संखुवासभाको चेवाबेसीदेखि झण्डै ४२ किलोमिटर लामो एडमण्ड हिलारी पदमार्ग हुँदै सगरमाथा वेशक्याम्पसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु यही बाटो पैदलै हिंड्ने गर्छन् । उनीहरुको झोलीतुम्बा पनि खच्चडलाई नै बोकाइन्छ ।

पदमार्गबाट दैनिक आठ देखि ११ पटकसम्म खच्चरहरुको हुल सामान बोकेर हिडाईने गरिन्छ । पहिले पहिले मानिसहरु डोको, नाम्लो, तक्मा र खकन कसेर सामानहरु बोक्ने गर्थे । खच्चडलाई बोकाउन सुरु गरेदेखि उनीहरुलाई निक्कै सहज भएको छ । एकजना खच्चड व्यावसायीले ९ देखि १० वटासम्म खच्चडको हुल बनाएर पिठ्युमा सामान बोकाउने गर्छन् । प्रतिकेजी ६० रुपौयाले बोकाउँदा एकपटकमा ३० हजारदेखि ४५ हजारसम्म ढुवानी भाडा लिने गरेको व्यावसायीहरु बताउँछन् ।





प्रकाशित : माघ ७, २०७४ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?