१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुमार्गीको सम्पति छानबिन दोस्रो चरणमा

काठमाडौँ — अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्ति बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् ।

सुमार्गीको सम्पति छानबिन दोस्रो चरणमा

रिपोर्टर्स क्लबले आइतबार गरेको साक्षात्कारमा राज्यमन्त्री राणाले अर्थ मन्त्रालयले पहिलो चरणको अनुसन्धान सम्पन्न गरेर दोस्रो चरणको छानबिनका लागि अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्न लागिएको बताए ।

सुमार्गीले विदेशबाट अवैध रुपमा नेपालमा पैसा ल्याएको भन्ने विषयमा नेपालमा मात्रै अनुसन्धान गरेर सबै कुरा पत्ता लगाउन नसकिने उनले बताए । 'नेपालमा मात्रै अनुसन्धान गर्न सकिँदैन । विदेशी संस्था र बैंकसँग पनि समन्वय गर्नुपर्छ । त्यो चरण सुरु भएको छ' मन्त्री राणाले भने, 'प्रि–इन्भेस्टिगेसन सकिएको छ । अब इन्भेस्टीगेसनमा जाने प्रक्रियामा छौं ।' सुमार्गीको सम्पत्तिबारे सरकारको तर्फबाट आफूले पहिलो पटक बोलेको मन्त्री राणाको भनाइ थियो।

सुमार्गीले स्रोत नखुलेको अर्बौ रकम नेपाल ल्याएको र अझै मोटो रकम भित्र्याउन प्रयासमा रहेको आरोप लाग्दै आएको छ ।

यो पनि पढ्नुहोस् ।

व्यापारी सुमार्गीको अवैध धन्दा

सुमार्गीको अस्वाभाविक उदय

प्रकाशित : माघ ७, २०७४ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?