कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राज्यले बेवास्ता गरेको माझी समुदाय 

विद्या राई

भोजपुर (माझीगाउँ) — पूर्वी अरुण गाउँपालिका – ६, माझीगाउँमा १० घर माझी समुदाय बस्छन् । सदियौदेखि बस्दै आएका माझीहरुको जीवनशैली भने अझै पुरानै छ । यो समुदायमा गरिबी, अशिक्षा र चेतनाको कमी व्याप्त छ ।

राज्यले बेवास्ता गरेको माझी समुदाय 

निर्वाचनले जिल्ला र केन्द्र स्तरमा पटक पटक नेतृत्व फेरिएपनि माझीहरुको जीवनस्तर उक्सन सकेको छैन । अमुल्य भोट हालेर चुनाएका प्रतिनिधिले आफ्ना लागि फर्केर नहेर्ने गरेका कारण सधै पछि पर्नु परेको ३२ बर्षीय विन्दा माझीको गुनासो छ ।


माझीका बालबालिकाहरु विद्यालय पुग्न सकेका छैनन् । विद्यालय जाने उमेरका २३ बालबालिका छन् । उनीहरु नियमित जान पाउँदैनन् । कापी, कलम, स्कुल ड्रेस, फि तिर्न नसकेर विद्यालय जाने उमेरका बालबालिका अधिकांशले बीचैमा छोड्छन् । हालसम्म यो समुदायका विद्यार्थीले एसएलसी पास गरेका छैनन् । आफुले जसरी भावी पीडिले दु:ख खेप्न नपरोस् भन्ने सबै अभिभावकको चाहना छ । तर उनीहरुसंग छोराछोरीलाई नियमित पढाउने खर्च हुँदैन । सरकारको आँखा नपुगेको स्थानीय भिमबहादुर माझी बताउँछ । उनी आफ्ना सन्ततिले उचित शिक्षा दिक्षा दिलाउन पाए हुन्थ्यो भन्ने चाहना सुनाउछन् ।


जिल्ला समन्वय समितिको तथ्याङ अनुसार जिल्लाभर ३ सय ९२ जना माझीहरु छन् । पूर्वी अरुण गाउँपालिका र उत्तरी षडानन्द नगरपालिकामा उनीहरुको बसोबास छ । तर राज्यको बेवास्ताले गर्दा उनीहरुको उन्नती र समृद्धिका कुरा त परै जाओस्, दुई छाक टार्न समेत मुस्किल छ । ।


प्रकाशित : माघ २१, २०७४ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?