कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लोपन्मुख धातु उद्योग

विद्या राई

भोजपुर — पुर्वाञ्चलको मुख्य औधोगिक केन्द्रका रुपमा प्रसिद्धि पाएको भोजपुरको ऐतिहासिक टक्सारबजार कुनै बेला गुल्जार थियो । घरैपिच्छे धातु उद्योग र उद्यमी भएकाले छुट्टै रौनक थियो ।

लोपन्मुख धातु उद्योग

देशमा चलेको दशक लामो द्वन्द्व, कच्चा पदार्थ अभाव, दक्ष जनशक्तिको अभाव र बसाईसराईसंगै युवापुस्ताले यसप्रति चासो नराख्दा टक्सारबजार अहिले सुनसान बन्दै आएको छ । घरैपिच्छे धातु उद्यमी भएको विगत इतिहासमा सिमित भइसकेको छ । चार घरमा मात्रै यो पेशाले निरन्तरता पाएको छ ।

छुट्टै अस्तित्व बोकेको टक्सार बजार वि.सं. १८७२ मा तत्कालिन शाह बंशाीय राजा गिवार्णयुद्ध विक्रम शाहको कार्यकालमा स्थानीय भिमसेन परिसरमा टक्सार खानी अड्डाको स्थापनापछि औधोगिक क्षेत्रका रुपमा विकास भएको थियो । यहाँ तामाको एक पैसे र दुई पैसे डोली पैसा काटिने भएकैले यस्लाई टक्सार भनिदै आएको हो । यहाँ बनाइएका करुवा, बटुका, वाइन कप, फुलदानी र अर्डरअनुसारका सामाग्री देश विदेशमा निर्यात हुँदै आएको छ ।


प्रकाशित : माघ २२, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?