२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काबेली 'बी' का कारण पुल जोखिममा  

कान्तिपुर संवाददाता

ताप्लेजुङ — ताप्लेजुङको सिरिजंगा र पाँचथरको याङवरक गाउँपालिका जोड्ने काबेली नदीमाथीको मोटरेवल पुल जोखिममा परेको छ ।

काबेली 'बी' का कारण पुल जोखिममा  

निर्माणाधिन काबेली बी बिद्युत आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधार निर्माण गरेका कारण पुल जोखिममा परेको हो । पुलको माथीवाट माटोले भरिएको छभने जगको वरीपरी माटो थुपारिएको छ । पुलको माथी जमेको माटो र पानीले पुलमाथीनै खाल्टै खाल्टा परेको छ ।


नौ करोड रुपैंयाँको लागतमा निर्माण गरिएको पुलको नियमन इलाम सडक डिभिजन कार्यालयले गर्नुपर्ने हो । तर, सडक कार्यालयको बेवास्ताका कारण पुल जोखिममा परेको हो । माटोले भरेको पुलको माथी निर्माणाधिन संरचनावाट पानी पस्ने गरेको छ । यो पुल बिग्रिए पूर्वी ताप्लेजुङका दुई गाउँपालिकाका बासिन्दाको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध हुन्छ । पाँचथर याङवरक गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङ लिम्वू पुल जोखिममा परेको बिषयमा आफुलाई उजुरी आएको र त्यसको अनुगमनमा गएर संरक्षणमा सम्वन्धित निकायको ध्यानाकर्षण गराइने बताए ।


प्रकाशित : फाल्गुन ४, २०७४ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?