राजमार्ग की मृत्युमार्ग ?

काठमाडौँ — पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्र विगत ६ महिनामा सवारी दुर्घट्नाबाट ७५ जनाले ज्यान गुमाए ।

राजमार्ग की मृत्युमार्ग ?

ट्राफिक प्रहरीका अनुसार साउनदेखि पुस मसान्तसम्म ७४ वटा सवारी दुर्घटना भए । त्यसमा १ सय ९ जना गम्भीर घाईते भए । प्रहरीका अनुसार दुर्घटनाको प्रमुख कारण विहानीपखको निद्रा, चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन र छाडा चौपाया हुन् । साँघुरो र जीर्ण सडक, ओभरटेक र ओभरस्पिड पनि सवारी दुर्घट्नाका अन्य कारणहरु हुन् । दैनिक जसो ठूला–साना दुर्घट्ना भइरहेपनि सम्बन्धित निकायले यसको दीर्घकालिन समाधानको बारेमा सोचेको भेटिन्न । त्यसैले राजमार्गहरु मृत्यु मार्ग बनिरहेका छन् ।

तस्बिरहरु : हरिहरसिंह राठौर/कान्तिपुर


प्रकाशित : चैत्र ५, २०७४ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?