कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं : जुवाको अखडा

काठमाडौँ — महानगरीय प्रहरी वृत्त बालाजुले बुधबार तारकेश्वर २१ को कैलाश टोलस्थित कोपिला अधिकारीको घरबाट कौडा खेलिरहेका ११ जनालाई पक्राउ गऱ्यो ।

काठमाडौं : जुवाको अखडा

प्रहरीले कौडा अखडा सञ्चालन गर्ने प्रिन्स भन्ने राजु घिमिरेलाई पनि पक्राउ गरेको छ भने ५ लाख ३१ हजार ६ सय ४३ रुपैयाँ बरामद गरेको छ ।


जुवा अखडामा प्रहरीले छापा मारेको यो न पहिलो घटना हो न नौलो नै ।


प्रहरी परिसरले फागुन एक गते यता मात्रै काठमाडौंका विभिन्न २४ जुवा अखडामा छापा मारेको छ । जसमा २ सय ८ जना पक्राउ परे भने अखडाबाट २६ लाख ८८ हजार ४ सय २० रुपैयाँ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलले काठमाडौंमा गुपचुप सञ्चालनमा आएका जुवा अखडाहरुमाथी नगरानी बढाइएको बताए । उनले भने, ‘अवैध जुवा अखडाहरु निमिट्यान्न पारिन्छ ।’

प्रकाशित : चैत्र १३, २०७४ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?