कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दोलखामा सडकको सकस

सुदीप कैनी

काठमाडौँ — दोलखा सदरमुकाम चरिकोट जोड्ने कच्ची सडक स्तरोन्नितका लागि भत्काएपछि कच्ची जस्तै बनेको छ । यात्रुहरु खाल्डाखुल्डी परेको सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सदरमुकामबाट ग्रामीण बस्तीमा जोड्ने कच्ची सडकहरुको अवस्था भने झनै दर्दनाक छ ।

दोलखामा सडकको सकस

कच्ची सडकमा सर्वसाधरण सकसपूर्ण यात्रा गर्न बाध्य छन् । बर्षात अघिकै सडक गाडी गुड्न सक्ने अवस्थामा छैनन् । चालकहरुले जबर्जस्ती कच्ची सडकमा सवारी साधनहरु गुडाउने गरेका छन् । धुलो, हिलो र खाल्डाखुल्डीमा घण्टौंसम्म गाडी फसेर यात्रु गन्तव्यमा पुग्दैनन् । खाद्यान्न र निर्माण सामग्री बोकेका मालबाहक सवारी साधन पनि बाटोमै अड्केर बस्छन् ।

यात्रु, चालक र सहचालकले सडक मर्मत गर्दै सवारी साधन अघि बढाउँछन् । तामाकोशी गाउँपालिका– २ बाट वडा नम्बर १ जोड्ने ढोली खोलाको पानी सधैँ सडक भत्काउँछ । वर्षातको बाढीमा त झन सडक नै खोला बन्छ । तामाकोशी बजार हुँदै जिरी र चरिकोट राजधानी काठमाडौं र रामेछाप जोड्ने सडक सडकको अवस्था यस्तो जीर्ण छ । हिउँदमै गाडी चल्न मुस्किल पर्ने सडकमा बर्खातमा गाडी गुड्न नसक्ने तामाकोशीका कृष्णप्रसाद पौडेले बताए । यात्रुहरुले दैनिक हैरानी खेप्नु परेको उनको गुनासो छ । गाडीहरु बाटोमा फसेपछि यात्रुहरु घण्टौंसम्म सडकमै अलपत्र पर्छन् ।


प्रकाशित : वैशाख ४, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?