यसरी हुँदैछ रातो मछिन्द्रनाथ रथयात्राको तयारी

ललितपुर — पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण भइरहेको छ । उक्त रथ त्रयोदशी भुवनको प्रतीकका रुपमा तेह्र तला र बत्तीस लक्षणका रुपमा ३२ हात अग्लो बनाइएको छ । 

यसरी हुँदैछ रातो मछिन्द्रनाथ रथयात्राको तयारी

बाराही नाइके दिलकुमार बाराहीका अनुसार रथमा हयग्रव, लुप्तसहार, हरिसिद्धि र चन्द्रभैरवको प्रतिकका रुपमा ठूल्ठूला चार पाङ्ग्रा जडान गरिएको छ । रथको मुनिपट्टि बीचमा कर्कोटक नागको रूपमा लामो काठको ‘ध मा:’ राखिएको छ । रथ तान्दा केही बाधा अवरोध नहोस् भनेर रथको अग्र भाग कर्कोटक नाग राजाको शिखामा हयग्रव भैरव राखिएको छ । रथको माथिल्लो भागमा ‘बायमो’ मा स्वयम्भूबाट ल्याइएको अमिताभ राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ऊँ मणि पद्मे हुँ’ लेखिएको झन्डा फरफराइएको छ ।


विशेष गरेर पाटनका नेवार समुदायले रातो मछिन्द्रनाथ रथयात्रा हर्षोल्लासका साथ मनाउँदै आएका छन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असार शुक्ल चौथीमा समाप्त हुने गरेको छ । करिब एक हजार छ सय वर्षको रातो मच्छिन्द्रनाथलाई जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको जानकारहरु बताउँछन् ।


प्रकाशित : वैशाख ५, २०७५ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?