धौलागिरी वेस क्याम्पसम्मै घोरेटो बाटो 

घनश्याम खड्का

म्याग्दी — हिममानव पाईने धौलागिरी हिमालको वेसक्याम्प पुग्न घोडेटो बाटो नै पुगेपनि पर्यटन पर्यटक, ब्यवसायी र सरोकारवाल विच अझै प्रचार–प्रसार हुन सकेको छैन ।


धौलागिरी वेस क्याम्पसम्म पुग्ने घोरेटो बाटो निर्माणपछि क्याम्प ट्रेक मात्र गर्दै गरिने पदमार्गमा ब्यक्तिगत रुपमा पनि जान सकिने भएको हो। धौलागिरीको इटाली क्याम्पसम्म होटलवास गरी पहिलो वेस क्याम्पमा एक रात ब्याक प्याक ट्रेक गर्न सकिन्छ।

Yamaha

धौलागिरी हिमश्रृंखलामा सात हजार मिटर अग्ला धौलागिरी प्रथम, दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सिता चुचुरो, मानापाथी, मुकुट, टुक्चेपीक छन्। धौलागिरी प्रथम संसारको सातौं र नेपालको छैठौं अग्लो हिमाल हो। धौलागिरी छैठों जान दोभानबाट दक्षिण लाग्नु पछ भने धौलागिरी चौंथो र तेस्रो चढ्न स्वीसक्याम्पबाट दक्षिण लाग्नु पर्छ। प्रचलित मार्ग धौलागिरी प्रथम आरोहण र सिता चुचुरोपासगरी मुस्ताङ्ग निक्लन प्रयोग गरिन्छ।

प्रकाशित : जेष्ठ २, २०७५ १८:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुधबार ९४ आरोही सगरमाथा शिखरमा

कान्तिपुर संवाददाता

ओखलढुंगा — यसवर्षको आरोहण सिजन धमाधम चलिरहेको छ । सगरमाथा शिखरमा बुधबार ९४ आरोहीले पाइला टेके जसमध्ये ४१ विदेशी र ५३ नेपाली छन् ।


उनीहरु सकुशल शिखरमा पुगेको पर्यटन मन्त्रालयका प्रतिनिधि तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले पुष्टि गरेका छन्। श्रेष्ठ आफै आधारशिविरमा बसेर आरोहणको अवस्थाबारे अपडेट गरिरहेका छन्।

गत आईतबार मात्र आठजना शेर्पाले चुचुरोसम्म डोरी टाँगेपछि आरोहण धमाधम हुन थालेको हो। सोमबार करिब ४० जना शिखर चुम्न सफल भएका थिए। मंगलबार आरोहण हुन सकेन। बुधबार कुल ९४ ले शिखर चुमेसँगै १ सय ४२ ले यो सिजनमा सगरमाथा आरोहण गरिसकेका छन्। त्यसमध्ये केही आरोही तिब्बती मोहडा पनि चढेका छन्।

नेपाल स्काउटमा आबद्ध झापाका अनिश लुईटेलले मंगलबार शिखर चुमे। उनले स्काउटको झण्डासहित सगरमाथा शिखर चुमेको बताइएको छ। दुई वर्षअघि लुईटेलले नेपालतर्फको मोहडाबाट नेपालको संविधान २०७२ लाई चुचुरोमा पुर्‍याएका थिए। त्यसैगरि कामिरिता शेर्पाले सबैभन्दा बढी पटक अर्थात २२ औं आरोहण बुधबार गरेका छन्। अन्य आरोहीहरु आरोहणका लागि धमाधम उकालो लागिरहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए।

यो सिजनमा सगरमाथा आरोहणका लागि ३८ समूहका ३ सय ४६ आरोही छन्। अनुमति लिएका ३८ समूह मध्ये ४ समूह नेपाली आरोहीको छ। चार समूहमा जम्मा २० नेपाली आरोही छन्। अबको करिब दुई साता भित्र आरोहण भईसक्नेछ। अंग्रेजी मे महिनाको अन्तिमसम्ममा सगरमाथा आरोहण गरिसक्ने चलन छ।

प्रकाशित : जेष्ठ २, २०७५ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT