अव्यवस्थित पार्किङले सास्ती

विद्या राई

काठमाडौँ — साघुरो बाटोमा मोटरसाइकल र स्कुटरको अव्यवस्थित तथा जथाभावी पार्किङले असन बजारमा किनमेल गर्न पुगेकालाई हिडडुल गर्न सधै असहज भैदिन्छ । काठमाडौका सर्वसाधारणहरुको मुख्य बजार भएकाले विहानको झिसमिसेदेखी बेलुकीसम्म किनमेल गर्नेको बाक्लै भिड लाग्छ । बाहिरी जिल्लाबाट काठमाडौ आएकाहरुले समेत यो ठाउा किनमेलको मुख्य केन्द्र मान्छन् । उनीहरुलाई पैदल हिड्ने ठाउा पाउन मुस्किल भैरहदा जथाभावी पार्किङले झनै सास्ती थपिन्छ ।

अव्यवस्थित पार्किङले सास्ती

‘मोटरबाइक र स्कुटर मात्रै पनि टुगाेंमा पार्किङ गरिदिए यत्तिको झमेला त हुने थिएन,’ बानेश्वरबाट लत्ताकपडा किन्न असन पुगेकी विमला श्रेष्ठले बताइन् । न्युरोडको समस्या पनि उस्तै छ । मानिसहरु यहाा इलेक्ट्रोनिक तथा मेसिनरी सामान किनबेचका लागि पुग्छन् । किनमेल गर्नेको घुइचो उति नै हुन्छ । जथाभावी पार्किङ पनि उस्तै । ‘दुई पांग्रे सवारी एक लाइन मात्रै पार्किङ गर्न पाइने’ होडिङ बोर्ड राखिएका ठाउामै तीन लाइनसम्म पार्किङ गरिएका हुन्छन् ।

महानगरका अधिकांश स्थानमा जथाभावी पार्किङको समस्या छ । बिशेषगरी दुईपांग्रे र चार पांग्रे सवारी साधान जथाभावी पार्किङ गरिन्छन् । फुटपाथ देखी सडकको आधाजसो भाग ढाक्नेगरी लहरै पार्किङ गरिदिदा पैदल हिड्नेलाई मर्का पर्छ । वृद्धवृद्धा, केटाकेटी, महिला, अशक्त, असहाय तथा अपागंहरुलाई बढि सकस हुन्छ । सहज बाटोमा हिड्न साहारा चाहिने उनीहरुलाई जथाभावी पार्किङ र मान्छेको तछाडमछाड भिडले हिड्न गाह्रो हुने गरेको बिजुलीबजारमा भेटिएका ६९ बर्षिय वृद्ध वीरबहादुर नेपालले बताए ।

महानगरको कार्यनीतिमा पार्किङ गर्दा सडकको कुल चौडाइको एक चौथाइभन्दा बढि ढाक्न नपाइने व्यवस्था छ । सवारीधनीले यसको पालना गरेका छैनन् । महानगर आफैले प्रभावकारी पालना गराउन पनि सकेको छैन । गएको असारमा आर्थिक ऐन अन्र्तगत पार्किङ स्थल तोकिएका क्षेत्रमा शुल्क तिरेर मात्रै पार्किङ गर्न पाउने निर्णय गरेको थियो ।

चालु आर्थिक बर्षमा स्मार्ट सवारी पार्किङ बनाउने योजना पनि अघि सारेको थियो । अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न भन्दै न्युरोड, धर्मपथ र टेकुमा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ बनाउने योजना ल्याएको थियो ।

ऐनअनुसार महानगरले एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा घण्टाको १५ देखि २ सय रुपैयाासम्म तिर्नुपर्ने नियम बनाएको थियो । क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरेर प्रवेश र बर्हिगमन फरक–फरक हुने गरी सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी पार्किङ गर्न पाउने उल्लेख थियो । उसका योजना हालसम्म कार्यान्वयन छैनन् ।


प्रकाशित : जेष्ठ ११, २०७५ २३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?