सिद्धबाबा क्षेत्रमा पहिरोले सास्ती

कान्तिपुर संवाददाता

काठमाडौँ — अबिरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनाएको छ । राजमार्ग बन्द भएपछि शुक्रबार बिहानैदेखि यात्रुहरु पैदलै गन्तव्य तर्फ जान बाध्य छन् । 

राजमार्गको दोभान सिद्धबाबा र हेडबक्समा ठूला ठूला पहिरो खसेका छन् । पहिरोले राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका सवारी साधन बुटवलतिरै फर्केका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्

हत्याका दुई अभियुक्त पक्राउ

रासस

बनेपा — काभ्रेको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । 

गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहरा छेउमा नै मृत अवस्थामा फेला पारेको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण भनिने वसन्त खड्का र बनेपा नगरपालिका–४ का २२ वर्षीय राजु सिग्देललाई शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

थापाले आफ्नी आमालाई पटक पटक कुटपिट तथा विवाह गर्छु भन्दै मानसिक र शारीरिक यातना दिएका कारण आफूले सहन नसकी प्रतिकार गर्नुपरेको खड्काले बताए ।

थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई गाली बेइज्जती गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहलेबताए।

प्रकाशित : जेष्ठ १८, २०७५ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्