२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चक्रपथमा बाटो काट्नै मुस्किल

विद्या राई

ललितपुर — खोटाङकी मैना राई सातदोबाटो बस्छिन् । एक निजी विद्यालयमा पढाउने उनले चक्रपथमा ओहोरदोहोर गरिरहनुपर्छ । वारपार गर्न निक्कै मुस्किल पर्छ उनलाई । भर्खरै विस्तार भएको कलंकी–कोटेश्वर चक्रपथमा जेब्रा क्रसिङ छैन । न त आकाशे पुल नै । यसकारण बीचैबाट बाटो काट्नुपर्दा ज्यानको जोखिम हुने गर्छ । ‘ड्राइभरले गाडी हाँकेर आउँछन्, हातले इसारा गरेर रोक्न लाउँदा पनि पेलेर अगाडि ल्याउँछन्,’ यो उनले दैनिक खेप्ने पीडा हो । 

चक्रपथमा बाटो काट्नै मुस्किल

यहाँ दैनिकजसो दुर्घटना हुन्छन् । तीव्र गतिमा आएका सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने गर्छ । ललितपुर ट्राफिक प्रहरी प्रमुखका सीताराम हाछेथुअनुसार बितेको ६ महिनामा ९ जनाले ज्यान गुमाइसकेका छन् । बालकुमारी–सानेपा खण्डममा मात्रै मात्रै २ सय २९ दुर्घटना भइसकेका छन् । तीमध्ये १ सय ९ जना गम्भीर घाइते बने ।

८ लेन सडकमा फुटपाथ, साइकल लेन, जेब्र क्रसिङ, बस बिसौनी, सडक रेखांकन चित्र, डिभाइडर, ट्राफिक लाइट र सडक बत्ती पनि छैन । स्थानीयहरु जथाभावी बाटो काट्न बाध्य छन् । बल्खु खण्डमा चौपाया जथाभावी छाडिएका हुन्छन् । यसकारण बेलाबेला सडक र पैदल मार्ग अवरुद्व हुनुका साथै थुप्रै दुर्घटना हुने गर्छन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?