कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बजेट अभावले पाथीभरा सडक अलपत्र

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको पाथीभरा जाने सडक अलपत्र परेको छ । सरकारले घोषणा गरेको रकम नआएपछि निर्माण कार्य अघि बढ्न नसकेको हो । केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पाथीभरा भ्रमणको क्रममा सुकेटारदेखि भालुगौंडेसम्मको ११ किलोमिटर सडक स्तरोन्नतिका लागि १० करोड दिने घोषणा गरेका थिए ।

बजेट अभावले पाथीभरा सडक अलपत्र

घोषणापछि उत्तर-दक्षिण लोकमार्ग आयोजनाले टेन्डर खुलायो र ६ करोडमा टेण्डर पर्‍यो । तर, त्यही छ करोड पनि नआएपछि अहिले काम ठप्प छ । ओलीले भने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफूले दिएको रकमको व्याख्या गर्दै कम बजेटमा ठेक्का हालेको भन्दै कटाक्ष गरेका थिए ।

निर्माणको क्रममा दुई करोडको काम गरिसकेका ठेकदारले मजदुर, मेसिन, पेट्रोलको भुक्तानी दिन नसकेपछि काम छोडेका छन् । कार्यालयका अनुसार ६ करोडमध्ये अहिलेसम्म ९० लाख रुपैयाँ मात्रै आएको छ । विभागसँग मागेर निर्माण प्रक्रिया बढाउने प्रयास भने भइरहेको आयोजना प्रमुख कुवेर नेपाली बताउँछन् ।

अब चार करोड रुपैयाँ आए सुकेटारदेखि दुई किलोमिटर कालोपत्रे र बाँकी सडक स्तरोन्नति गर्न सकिने आयोजनाले बताएको छ । तर, प्रधानमन्त्रीले बोलेको रकम आउँछ आउँदैन निश्चय छैन । वार्षिक दुई लाख बढी तीर्थयात्री भित्रिने ताप्लेजुङमा सडकको दुरावस्थाले हैरानी थपेको छ । स्थानीय भन्छन्, ‘कि नबोल्नु, बोले कार्यान्वयन गर्नु ।तर कार्यान्वयन हुने/नहुने भन्ने द्विविधा छ ।


प्रकाशित : जेष्ठ २७, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?