२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संखुवासभामा यसरी मनाइयो धान दिवस

दीपेन्द्र शाक्य

संखुवासभा — धान दिवसको अवसरमा खाँदबारी नगरपालिकाले सेकाहामा विशेष कार्यक्रम आयोजना गरेको छ ।
‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’  भन्ने मूल नाराका साथ शुक्रबार आयोजित कार्यक्रममा कृषक, जनप्रतिनिधि र कार्यालय प्रमुखले एक घण्टाबढी धान रोपे ।

संखुवासभामा यसरी मनाइयो धान दिवस

खेतमा सुकिला भएर गएका उनीहरु हिलाम्मे भएर निस्किएका थिए ।


एक आपसमा हिलो छ्यापाछ्याप गरेर धान दिवस मनाइएको थियो । सेकाहा धान उत्पादनमा अग्रस्थानमा रहेकाले यही धान दिवस मनाइएको नगरपालिकाले जनायो ।


खाँदबारी नगरका प्रमुख मुरारीप्रसाद खतिवडाले धान उत्पादनलाई बढाउने बताए । उनले आगामी तीन वर्षभित्र नगरलाई धानमा आत्मनिर्भर बनाउने बताए । उनले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिका लागिरहेको बताए ।

प्रकाशित : असार १५, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?