२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जानैपर्ने प्राकृतिक विज्ञान संग्रहालय

गोविन्द पोखरेल

काठमाडौँ — विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूनाथ स्तूपाको बीचमा प्राकृतिक विज्ञान संग्रहालय रहेको छ । नेपालका जीवजन्तु, वनस्पति र जीवाशेष प्रदर्शनी र अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयले सर्वसाधरणमा विज्ञानसम्बन्धी जानकारी दिने उद्देश्यले २०३२ सालमा प्राकृतिक विज्ञान संग्रहालयको स्थापना गरेको हो ।

जानैपर्ने प्राकृतिक विज्ञान संग्रहालय

संग्रहालयमा प्राकृतिक वनस्पति र जीवजन्तुको संग्रह गरी सर्वसाधरणका लागि प्रदर्शनीमा राखिएको छ । यहाँ कृषि जैविक विविधताको नमूनाहरु पनि छन् ।

संग्रहालयमा १४ हजार ८ सय ४३ वटा पुतली र यसका प्रजाति, चार हजार १ सय ४२ वटा किरा, ८ सय ९० वटा माछा, १ सय वटा सरस्रीप,एक हजार एक सय ९४ वटा चरा,२ सय २५ वटा स्तनधारी जनावरहका नमुना राखिएका छन् । यहाँबाट नेपालमा पाइने जनवारहरुको बारेमा अध्ययन गर्न सकिन्छ । संग्रहालयबाट नेपालमा पाइने वनस्पतिहरका बारे पनि जानकारी पाउन सकिन्छ । यहाँ अल्गी,फन्जाई,लाइकेन्स,ब्रायोफाइट्स, टेरिडोफाइट्स, जिम्नोस्पर्म, एन्जियोस्पर्मका नमुनाहरु पाइन्छन् ।

संग्राहलयमा पुराना मानव रामापिथेकसको मोलार दाँतको जीवाशेष राखिएको छ । मानव इतिहास सम्बन्धि रुची राख्नेहरुका लागि रामापिथेकसको जीवाशेष हेर्न सकिन्छ । संग्रहालयमा राखिएको एक सिंगे गैंडाको भ्रुण पनि आगन्तुकको ध्यान खिच्ने गरेको छ ।

यहाँ नेपालका राजा तथा राणाहरुले दिएका प्राकृतिक जनावरहरुको नमुना राखिएको छ । यसका अलावा साइटिसको संकटापन्न हाब्रे (रेडपान्डा), बाघ, भालु, चितुवा, गोहीलगायतका जन्तुहरुको नमुना यहाँ देख्न सकिन्छ ।

संग्रहालयमा नेपालबाट लोप भएर गएको माउस डियरअर्थात रामगाईको नमुना समेत राखिएको छ । संग्रहालय चरा अध्ययन गर्न रुची हुनेहरुको लागि पनि उपयोगी छ । यहाँ नेपालमा मात्रै पाइने चरा प्रजाति काँडे भ्याकुरदेखि सेता कागसम्मका चराहरुको नमुना राखिएका छन् । संग्रहालय वनस्पति, वन, वातवरण, जीव तथा जीवाशेष विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुका लागि बहुउपयोगी छ । यसका अलवा नेपालको प्राकृतिक विज्ञानको जानकारी लिन चाहने सर्वसाधरणहरुका लागि पनि उतिकै उपयोगी छ । विज्ञानका विद्यार्थीहरुले पुग्नै पर्ने संग्रहालय समेत हो ।


संग्रहालयका प्रमुख प्रा डा धर्मराज डंगोलका अनुसार संग्रहालयले नेपालमा पाइने जनावर,वनस्पति तथा जीवाशेषहरुको संकलन र संरक्षण गर्ने,प्राकृतिक इतिहासको अध्ययन र अनुसन्धान लगायत ७ वटा उद्देश्यहरु लिएर काम गरिरहेको बताए ।

पर्याप्त प्रचारप्रसारको कमीले गर्दा प्राकृतिक विज्ञान संग्राहलय अोझेलमा पर्दै गइरहेको छ ।

प्रकाशित : असार १९, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?