१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खासुरको फुटबल सपना 

काठमाडौँ — लमजुङको सदरमुकाम बेंसीसहरबाट देखि २ घण्टाभित्रको पैदलबाटो वा आधा घण्टामा पर्ने एउटा सुन्दर गाउँ हो— खासुर । खासुरको कोडहरडाँडामा छाएको अहिलेको रौनक निकै भिन्न छ, तुजुकलाग्दो पनि । नेपालका अरूले डाँडा खनेर प्लटिङ गर्छन्, तर खासुरवासीले डाँडा काटेर फुटबल मैदान बनाउँदै छन् । त्यो पनि ४० रोपनी भन्दा बढी जग्गा दान दिएर । 

खासुरको फुटबल सपना 

सिंगै गाउँ अहिले फुटवल मैदान खन्न जुटेका छन् । सबैले आफ्नो गच्छे अनुसार सघाएका छन् । खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहरडाँडामा राष्ट्रिय मापदण्डको खेल मैदान बन्दैछ । गाउँमै हुनेले श्रमदानसँगै पैसा सहयोग गरिरहेका छन्, अनि विदेशमा बस्नेले पैसाको सहयोग गरिरहेका छन् ।


क्लबका अध्यक्ष नन्दबहादुर घलेका अनुसार २०६५ देखि २०६७ सम्म स्थानीयको सक्रियतामा क्लबले देउँसीभैलो खेल्नुका साथै नाचगान गरी ७ लाख रुपैयाँ जम्मा गरेको थियो । ‘अहिले भने गाउँबाट बिदेसिएका युवाले गाउँमा खेलको विकास गर्नुपर्छ भन्दै सहयोग जुटाउन थालेका छन् । सहयोगमा सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै भयो,’ उनले भने । बेलायत, अमेरिका, हङकङ, यूएई, कतार, मलेसिया पुगेका गाउँले युवा पनि सहयोग गर्न स्वस्फूर्त आए । पछिल्लो चरणमा बिदेसिएका युवाले १३ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । अहिले १ सय २८ मिटर लम्बाइ र ७० मिटर चौडाइको खेलमैदान खनेर सम्याइएको छ ।


खेलमैदान निर्माणमा १९ लाख खर्च भइसकेको निर्माण समितिका अध्यक्ष नन्दबहादुर घलेले बताए । उनका अनुसार प्याराफिटबाहेक संरचना निर्माणका लागि ६१ लाख रुपैयाँको लागत स्टेमेट गरिएको छ । मैदान वरपर शौचालय, खानेपानी, पार्किङ, बिजुलीको व्यवस्था गरिनेछ ।

प्रकाशित : श्रावण ७, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?