वाइड बडी 'मकालु' पनि आइपुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वायुसेवा निगमको बिहीबार दोस्रो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको छ । उक्त एयरबसलाई 'मकालु' नाम दिइएको छ ।

वाइड बडी 'मकालु' पनि आइपुग्यो

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियो । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।

निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हो । निगमको पहिलो वाइड बडी विमान 'अन्नपूर्ण' असार १४ गते काठमाडौं आइसकेको छ ।

प्रकाशित : श्रावण १०, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?