३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

घुम्न जाने होइन त उरै पदमार्ग ?

वसन्तप्रताप सिंह

बझाङ — हिमाली जिल्ला बझाङमा पर्यटकीय सम्भावना बोकेका थुप्रै स्थान मध्येको एक हो उरै पदमार्ग ।

घुम्न जाने होइन त उरै पदमार्ग ?

सदरमुकाम चैनपुरबाट करिब १० दिनको यात्रामा ओहोर–दोहोर गर्न सकिने यस पदमार्ग छिचोल्न त्यति सजिलो त छैन । तर, आाखैअगाडि देखिने साइपाल र राक्सियो हिमाल, सेती नदी, विभिन्न रंगका पहाडहरू, भेडाका लावालस्कर, चिनियाा ह्याट (टोपी) लगाएका भेडी ग्वालाहरू, बाटोमा पर्ने विभिन्न तालतलैया तथा सुन्दर हिमाली झरनाहरूले यात्रा अविस्मरणीय बनाइदिन्छन् ।


चीनको तिब्बतमा रहेको प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर पुग्ने बाटो पनि यही नै हो । बाटोमा भेटिने मन्दिरहरूमा मानसरोवर जाने तीर्थयात्रीहरूले चढाएका स–साना घण्टाहरू बजाउादा निस्कने मधुर आवाजले वातावरण नै उल्लासमय बनिदिन्छ ।

यो पदमार्ग परम्परागत रुपमा भोटसाग व्यापार गर्ने मार्ग पनि हो । पहिले तिब्बतबाट नुन, ऊन र सुन ल्याउन यही पदमार्गको प्रयोग गर्थे ।


अस्थायी तर व्यवस्थित होटलहरूको मीठो खाना र सत्कार, हिमाली जलवायुसागको सान्निध्यताले यात्रालाई थप उर्जा पैदा गर्छ । चारवटै सिजनमा घुम्न सकिने उरैमा बर्सेनि थुपै्र आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् ।


पर्यटनको प्रचुर सम्भावना भएर पनि उरैको जति प्रचारप्रसार र प्रवद्र्धन हुनुपर्ने त्यो हुन सकेको छैन । यसका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यान जानु आवश्यक छ । स्थानीयबासीहरुले पनि उत्तिकै जागरुक हुनु जरुरी देखिन्छ ।


प्रकाशित : श्रावण २१, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?