कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल नहुँदाको दु:ख

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिमको सदरमुकाम खलंगाको दूरी ३२ किलोमिटर छ । जिल्ला बाहिरबाट रुकुम पश्चिम राप्ती लोकमार्गमार्फत मुसीकोट खलंगा पुग्ने गर्दछन् । जिल्लाको सबैभन्दा पूरानो यो सडकको ३२ किलोमिटर दूरी पार गर्न नसोचेको समय खर्च गर्नुपर्ने बाध्यता । विशेषगरी वर्षायाममा यही सडकको झुल्नेटा–खलंगा खण्ड यात्रा गर्नेलाई पितिबाङ खोलाले रुवाउने गर्दछ ।

पुल नहुँदाको दु:ख

समयमै पितिबाङ पुग्नेहरु तर्न घण्टौं कुर्न बाध्य हुनुपर्छ । पुल नबनेका कारण सानो पानी पर्नेबित्तिकै पनि उर्लेर आउने पितिबाङ खोलाका कारण स्थानीयले १५ दु:ख भोग्दै आइरहेको छन् ।


मुसीकोट नगरपालिकाको ११ र १२ नम्बर वडा जोड्ने ठाउँ नजिकै काठे वा झोलुङ्गे पुल नहुँदा सवारीमा यात्रा गर्नेदेखि लिएर पैदल यात्रुहरुले समेत दु:ख पाउँदै आएका छन् । यो खोलाले हरेक वर्ष मान्छे र सवारीका साधन बगाउने गरेको छ । विशेषगरी मोटरसाइकल र त्यसमा सवार सर्वसाधारण पितिबाङ खोलामा बग्ने गरेका छन् । पितिबाङ खोलामा पुल नभएकै कारण १५ वर्षको अवधिमा धेरै जना बगेका छन् ।


हरेक वर्षामा पितिबाङ खोलाले त दु:ख दिन्छ नै, खोला छेवैमा रहेको पहिरोले पनि यात्रुलाई दु:ख दिने गरेको छ । हरेक वर्ष माथिबाट झर्ने पहिरोका कारण सवारीका साधन अघि बढ्न मुस्किल भइरहेको हुन्छ । माथिबाट झरेको पहिरोले सानादेखि ठूला सवारीका साधनसमेतलाई अघि बढ्न दिँदैन । हिलोमा फसेका गाडीलाई यात्रुले धकेलेर अघि बढाउनुपर्ने बाध्यता लामो समयदेखि कायमै छ । दैनिक सयौं यात्रु ओहोरदोहोर गर्ने पितिबाङ खोलामा पुल बनाउन र त्यस नजिकको पहिरो रोकथाममा सरोकारवालाको ध्यान नपुगेको गुनासो बढ्दै गएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले पितिबाङ खोलामा पुल बनाउन डिजाइनिङको काम भइरहेको बताएको पनि वर्षौं बितेको स्थानीयको गुनासो छ ।


प्रकाशित : श्रावण २२, २०७५ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?