२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

म फरार अपराधी होइन : राज्यमन्त्री शर्मा 

सन्तोष सिंह

काठमाडौँ — सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् ।

म फरार अपराधी होइन : राज्यमन्त्री शर्मा 

सोमबार जिल्ला अदालतमा आत्मसमर्पण गरेका शर्माले आफुले आत्मसमर्पण गरेको नभई अदालतको सम्मान गरेर आफै आएको बताए । उनले भने, ‘जुन विधिबाट तपाईहरुले जसरी फरार भनेर सम्बोधन गर्नु भो । मैले अदालतलाई सम्मान गरेर आएको हुँ । आफै उपस्थित भएर निवेदन दिएको छु । मैले आत्मसमर्पण गरेको हैन । अदालतको सम्मान गरेर आएको हुँ ।’


सोमबार अदालतले राज्यमन्त्री शर्माको बयान लिएर साधारण तारेखमा छाडेको छ ।


प्रकाशित : श्रावण २८, २०७५ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?